रविलाई अझै १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दाको अनुसन्धानका लागि हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थप १५ दिन थुनामा राख्न जिल्ला अदालत कास्कीले प्रहरीलाई अनुमति दिएको छ ।
पक्ष र विपक्षको बहसपछि आइतबार न्यायाधीश भीमलाल बेल्बासेको इजलासलले रविलाई थप १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।
उनीमाथिको अनुसन्धान नसकिएको भन्दै प्रहरीले पाँचौँपल्ट अदालतबाट म्याद लिएको हो ।
यसअघि २५ कात्तिकमा पाएको १३ दिनको म्याद शनिबार सकिएसँगै प्रहरीले पूर्वगृहमन्त्री लामिछानेलाई पुनः अदालत पेस गरेको हो । २ कात्तिकमा काठमाडौंस्थित पार्टी केन्द्रीय कार्यालयबाट पक्राउ परेका लामिछानेमाथि पोखरा, बुटवल, चितवन र काठमाडौंका चार सहकारीको बचत ठगी आरोपमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।
यसअघि उनलाई पोखराबाटै बुटवल पुर्याएर त्यहाँको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको बचत अपचलन प्रकरणमा बयान लिइएको थियो । उनीविरुद्ध चितवन र काठमाडौंमा पनि पक्राउ पुर्जी जारी भइसकेको छ । केही दिनभित्रै उनलाई प्रहरीले काठमाडौं ल्याएर बयान लिन सक्छ ।

प्रहरी र रोटरीद्वारा पाँचसय वृक्षारोपण, ५० हजार रोप्ने लक्ष्य

इरानको जेलमा रहेका पाँच नेपाली स्वदेश फिर्ता

साइकल दुर्घटनामा बालकको मृत्यु, एक घाइते

पानीजन्य जोखिम घटाउन अनुगमन, एक सय ५९ जार नष्ट

सुर्खेतमा करेन्ट लाग्दा एक दम्पतीको मृत्यु

फितलो विपद् पूर्वतयारीले निम्त्याउनसक्ने संकट

मध्यबानेश्वरको सडकमा खानेपानीको पाइप फुटेर बगिरहेको छ पानी (फोटो/भिडियो)

प्रतिक्रिया