हल्ट प्राइज एट शंकर देव क्याम्पसद्वारा शैक्षिक सामग्री वितरण, बालबालिकाको शिक्षा सशक्त बनाउन नयाँ कदम

काठमाडौँ - हल्ट प्राइज एट शंकर देव क्याम्पसले नेपाल बाल सेवा फाउन्डेसन, नयाँ बानेश्वरमा हिजो ९शनिबार० शैक्षिक सामग्री वितरण कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा, हल्ट प्राइज एट शंकर देव क्याम्पसको टिमले 'दिगो प्रोजेक्ट' अन्तर्गत ५० जना बालबालिकालाई कापी, पुस्तक, पेन्सिल जस्ता शैक्षिक सामग्री वितरण गरेको हो।
यी सामग्रीहरूले बालबालिकालाई सिकाइको नयाँ अवसर दिने र तिनीहरूको शिक्षा यात्रा सशक्त बनाउने उद्देश्य राखेको संस्थाले जनाएको छ। कार्यक्रमको दौरान, बालबालिकाले आफ्ना प्रस्तुति राखेर कार्यक्रमलाई थप रोचक र प्रभावशाली बनाएका थिए। यस अवसरमा, हल्ट प्राइज एट शंकर देव क्याम्पसको टिमले बालबालिकासँग खेलकुद र मनोरञ्जनात्मक गतिविधिहरू पनि आयोजना गरेका थिए। कार्यक्रममा क्याम्पस निर्देशक सृष्टि न्यौपाने संयोजक रहेकी थिइन् ।
हल्ट प्राइज एक विश्वव्यापी सामाजिक उद्यमशीलता पिचिङ प्रतियोगिता हो, जसमा विद्यार्थीहरूले नयाँ र प्रभावकारी विचार प्रस्तुत गर्दै सामाजिक समस्याहरूको समाधानका लागि कार्ययोजना तयार गर्दछन्। यस प्रतियोगिताले विद्यार्थीहरूमा उद्यमशीलता र सामाजिक उत्तरदायित्वको भावना बढाउने संस्थाको विश्वास छ ।
क्याम्पसका सदस्य र नेपाल बाल सेवा फाउन्डेसनका कर्मचारीहरूले यस कार्यक्रमको आयोजनामा सहयोग पुर्याउन पाएकोमा आभार व्यक्त गरे।

सफ्टवारिका कलेजमा टेक एक्स: एलिभेट २०२५ को तेस्रो संस्करण हुँदै

आगामी आर्थिक वर्षका लागि त्रिविको २८ अर्ब बजेट पारित

चार दशकदेखि शैक्षिक क्षेत्रमा अग्रणीः लिटिल एन्जल्स स्कूलको वातावरणमैत्री र प्रवि…

पोखरा विश्वविद्यालयको डेढ अर्बको बजेट एवं नीति कार्यक्रम पारित

त्रिभुवन विश्वबिधालयको कुलपतिमा अर्याल नियुक्त

त्रिविको उपकुुलपतिमा तीन जनाको नाम सिफारिस

स्वस्तिश्री गुरुकुल आई. बी. वर्ल्ड स्कुलद्वारा आयोजित संयुक्त राष्ट्रसंघ ४.० को भव्…

प्रतिक्रिया