स्वदेशी कच्चापदार्थ प्रयोगमा जोड दिनुपर्छ : मुख्यमन्त्री लामा

बागमती - बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामाले उद्योगका लागि स्वदेशी कच्चापदार्थ प्रयोगमा ल्याउन जोड दिएका छन् ।
आज १०औँ उद्योग दिवसका अवसरमा उद्योग वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय हेटौँडामा आयोजित नवप्रवर्तक उद्यमी सम्मान समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री लामाले हाम्रो वरपर भएका कच्चापदार्थलाई प्रयोग गरेर उद्योग सञ्चालन गर्न सके कच्चापदार्थको आयातका नाममा नेपाली पैसा नबाहिरिने बताए ।
विदेशीभन्दा स्वदेशी कच्चापदार्थ प्रयोगमा ल्याउन आग्रह गर्दै मुख्यमन्त्री लामाले कृषि क्षेत्रमा स्वदेशमै बीउ उत्पादनमा जोड दिनसमेत आग्रह गरे । नेपाली बजारमा टपरीको प्रशस्त माग रहेकाले गुणस्तरीय सामग्री उत्पादन गर्न सके यसले विश्व बजारमा पर्याप्त आम्दानी गराउन सक्ने उनको भनाइ थियो ।
तीन तहको सरकारले उद्योग सञ्चालनका लागि आवश्यक जग्गा व्यवस्था गरिनुपर्ने उल्लेख गर्दै लगानीकर्तालाई सुरक्षित वातावरण र प्रविधिमैत्री बनाइनु सरकारको दायित्व रहेको बताए । उद्योगी–व्यवसायीलाई हेर्ने नजर सकारात्मक बनाउनमा जोड दिँदै उहाँले स्वदेशमा रोजगारी बढाउनसके बेरोजगार समस्या हल हुने बताए । रोजगार सिर्जना भएपछि युवाशक्ति पलायन हुनबाट रोकिने उल्लेख गर्दै मुख्यमन्त्री लामाले प्रदेश सरकारबाट उद्योग र कृषि क्षेत्रमा रु तीन अर्ब बजेट लगानी भएको र सरकारको अनुदान सही ठाउँमा प्रयोग गर्न उद्योग–व्यवसायीलाई आग्रह गरे ।
चितवनमा ‘परियार समुदायको सङ्ग्रहालय’ निर्माण गरिने

पाँचखालवासीलाई निःशुल्क रगत

करेन्ट लागेर एकै परिवारका तीन जना घाइते

१०७४ किलो गाँजासहित चार जना पक्राउ

निः शुल्क वितरण गरिएका बिरुवाको अनुगमन गर्दै वन कार्यालय

ट्रक दुर्घटनामा चालकको मृत्यु, सहचालक घाइते

जुगलमा नमुना युवा गाउँसभा

प्रतिक्रिया