वायु प्रदूषण गर्ने दिल्लीका सवारीलाई १६४ करोड जरिवाना

नयाँदिल्ली- दिल्ली ट्राफिक पुलिस लगातार प्रदूषण नियन्त्रण गर्न काम गरिरहेको छ।
ट्राफिक प्रहरीले प्रदूषण नियन्त्रण प्रमाणपत्र (पीयूसी) बिना चल्ने सवारी साधनमाथि अहिले निकै कडाई गरिरहेको छ ।
ट्राफिक प्रहरीको तथ्यांकअनुसार अक्टुबर १ देखि नोभेम्बर २२ सम्म अर्थात् ५३ दिनमा १ लाख ६४ हजार सवारीसाधनमा १६४ करोड भारतीय रुपैयाँ राजश्व संकलन गरिएको छ ।
नोभेम्बर १८ देखि ग्रेप ४ लागू भएपछि हालसम्म २० हजार ७४३ चलान जारी गरिएको छ। यसबाहेक ७ सय ३६ पुराना सवारीसाधन नियन्त्रणमा लिएका छन् । १३ हजार ७२६ गैर लक्ष्य ट्रकलाई अक्टोबर १५ सम्ममा दिल्ली सीमाबाट फिर्ता गरिएको थियो।
अस्ट्रेलियाको बेरोजगारी दर ४.१ प्रतिशतमा स्थिर

भारतले कर नबढाउने प्रस्ताव गरेको अमेरिकी राष्ट्रपति ट्रम्पको भनाइ

‘सन् २०२५ मा अमेरिकाले वैदेशिक पर्यटनबाट १२ अर्ब ५० करोड डलर घाटा व्यहोर्ने’

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा प्रस्तावित नेटो खर्चको लक्ष्य पूरा गर्न जर्मनी तयार

गाजामा आक्रमण : मृत्यु हुनेको सङ्ख्या १०० नाघ्यो

लखनउमा बस आगलागी, जलेर पाँच जनाको मृत्यु

जेलेन्स्की टर्की पुग्दा पुटिन भने मस्कोमा नै

प्रतिक्रिया