अमेरिकाले फिर्ता गर्यो भारतका १४०० कलाकृति, मूल्य १० मिलियन डलरभन्दा बढी

न्युयोर्क- अमेरिकाले दक्षिण र दक्षिणपूर्वी एसियाका देशहरूबाट चोरी भएको कला फिर्ता गर्ने सिलसिला जारी रहेको छ ।
जसअनुसार सो पहलको एक भागको रूपमा १० मिलियन डलर मूल्यको १४०० भन्दा बढी लुटिएका कलाकृतिहरू भारतलाई फिर्ता गरेको छ।
म्यानहट्टन जिल्ला न्यायाधिवक्ताको कार्यालयका अनुसार गत बुधवार भारतलगायत दक्षिण एसियावाट चोरेर अमेरिका लगिएका ती कलाकृति फिर्ता गर्न निर्देशन दिइएको हो ।
कार्यालयका अनुसार यसरी बरामद गरिएका तस्करी सामानहरूमा हालसम्म न्युयोर्कको मेट्रोपोलिटन म्युजियम अफ आर्टमा हेरिएका वस्तुहरू समावेश छन््। ती मध्ये एक आकाशीय नर्तकको बलौटे ढुङ्गाको मूर्ति हो, जुन मध्य भारतबाट लन्डनमा तस्करी गरिएको थियो ।
‘यसरी भारत फिर्ता हुने क्रम जारी रहनेछ, यो लुट्ने नेटवर्क धेरै चलिरहेको अनुसन्धानमा देखिएको छ, जसमा दोषी ठहरिएका कला तस्करहरू नैन्सी वाइनर र सुभाष कपूर रहेका छन्’ विज्ञप्तिमा भनिएको छ । सो कार्यका लागि एक अमेरिकी पुरातात्विक वस्तु व्यापारी पनि संलग्न रहेका छन् ।
जसलाई न्यूयोर्कमा करोडौं डलर मुल्य बराबरको पुरतात्विक सामाग्री लुट्ने नेटवर्क चलाएको भन्दै १० वर्षको जेल सजाय सुनाइएको म्यानहट्टन जिल्ला सरकारी वकिलको कार्यालयले प्रेस विज्ञप्तिमार्फत जनाएको छ ।
अस्ट्रेलियाको बेरोजगारी दर ४.१ प्रतिशतमा स्थिर

भारतले कर नबढाउने प्रस्ताव गरेको अमेरिकी राष्ट्रपति ट्रम्पको भनाइ

‘सन् २०२५ मा अमेरिकाले वैदेशिक पर्यटनबाट १२ अर्ब ५० करोड डलर घाटा व्यहोर्ने’

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा प्रस्तावित नेटो खर्चको लक्ष्य पूरा गर्न जर्मनी तयार

गाजामा आक्रमण : मृत्यु हुनेको सङ्ख्या १०० नाघ्यो

लखनउमा बस आगलागी, जलेर पाँच जनाको मृत्यु

जेलेन्स्की टर्की पुग्दा पुटिन भने मस्कोमा नै

प्रतिक्रिया