बाख्रापालनबाट वार्षिक १५ लाख रुपैयाँ आम्दानी

दाङ- तुलसीपुर उपमहानगरपालिका–१० टरिगाउँका ४० वर्षीय रुद्रगोपाल डाँगीले उन्नत जातका बाख्रापालन व्यवसायबाट वार्षिक रु १५ लाखसम्म आम्दानी गरिरहेका छन् ।
नेपाल प्रहरीबाट सेवानिवृत्त भएपश्चात् विसं २०७५ देखि व्यवसायिक बाख्रापालन सुरु गरेका उनले सबै खर्च कटाएर वार्षिक रु छ लाख बचत हुने गरेको बताए।
डाँगीले कृषि तथा पशुपालन क्षेत्रमा सम्भावना खोज्दै साहारा पशुपालन फार्म खोलेर उन्नत जातका बाख्रापालन सुरुआत गरेका थिए । उनले व्यावसायिक तरिकाबाट उन्नत जातका बाख्रापालन गरेर छोटो समयमा एक सफल बाख्रापालक किसानका रूपमा आफूलाई चिनाउन सफल भएका छन् । विगत छ वर्षदेखि सो पेसामा आबद्ध डाँगीले अहिले दुई जना स्थानीयलाई रोजगारीसमेत दिएका छन्।
सुरुका वर्षमा स्थानीयको एक कच्चीघरसहित केही जमिन भाडामा लिएर व्यवसायको सुरु गरे पनि अहिले आफ्नै पाँच कठ्ठा जमिनमा बाख्राका लागि खोर तथा घाँसका लागि रूख निर्माण गरेको डाँगीले बताए । उनका अनुसार फार्ममा अहिले साना र ठूलागरी दुई दर्जनबढी बाख्रा छन् ।
दसैँको समयमा १० वटा खसी आठवटा बोका बिक्री गरेको डाँगीले जानकारी दिए । खसी अधिकांश २५ किलो माथि र बोका १३ देखि १५ किलोका बिक्री गर्दा मनग्ये आम्दानी भएको भन्दै जिउँदो खसी प्रतिकेजी रु आठ सय र बोका जिउँदो रु सात सय ६५ का दरले बिक्री गरेको उनले बताए।
डाँगीले फार्ममा अहिलेसम्म रु १५ लाख बढी लगानी भइसकेको बताए । खसी, बोका र बाख्राको मल बिक्रीबाट वार्षिक रु १४ देखि १५ लाखसम्म आम्दानी हुने गरेको जनाउँदै सबै खर्च कटाएर वार्षिक रु छ लाखसम्म बचत हुने गरेको उनले बताए ।

किसानलाई रु ३६ करोड ३९ लाखको रासायनिक मल बिक्री
कञ्चनपुरमा ४८ प्रतिशत धान रोपाइँ

यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

बागलुङका पाँच किसान पुरस्कृत

कृषि क्षेत्रमा ‘कनेक्ट किसान’ को एआई–आधारित भ्वाइस एडभाइजरी प्रणाली प्रस्तुत, द…

यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

कृषकलाई अनुदानमा मौरी घार वितरण

प्रतिक्रिया