तिलामा सञ्चालित स्वास्थ्य शिविरमा तीन सय १० लाभान्वित

जुम्ला- जिल्लाको तिला गाउँपालिका–२ मा रहेको रारालिही स्वास्थ्य चौकीमा सञ्चालित एकदिने निःशुल्क स्वास्थ्य शिविरबाट तीन सय १० जना लाभान्वित भएका छन् ।
गाउँपालिकाको सहकार्य र आइएनएफ नेपालअन्तर्गत समावेशी स्वास्थ्य सेवा परियोजनाको आयोजनामा सोमबार सञ्चालन भएको निःशुल्क स्वास्थ्य शिविरमा कानको सुनाइसम्बन्धी समस्या भएका, आँखा, नाक, घाँटी र हाडजोर्नीसम्बन्धी बिरामीले सेवा लिएका चौकीका जनस्वास्थ्य निरीक्षक कमल रावतले जानकारी दिए ।
उनका अनुसार एक सय ३२ पुरुष र एक सय ७८ महिलाले सेवा लिएका छन् । नाक, कान, घाँटीसम्बन्धी बिरामी ४६, आँखासम्बन्धी एक सय पाँच, हाडजोर्नीसम्बन्धी ६४ र चिकित्सक परामर्श ९५ जनाले शिविरबाट सेवा लिएका जनस्वास्थ्य निरीक्षक रावतले उल्लेख गरे ।
गाउँमा विशेषज्ञ चिकित्सकबाट उपचार पाउँदा यहाँका स्थानीयले राहत महसुस गरेका तिला–१ का स्थानीय काली रावतले बताए । कर्णाली स्वास्थ्य विज्ञापन प्रतिष्ठानका हाडजोर्नी विशेषज्ञ चिकित्सक तुफानसिंह कठायतको टिमले स्वास्थ शिविरमा बिरामीको जाँच गरेको आइएनएफ नेपाल जुम्ला शाखाका परियोजना अधिकृत राम बुढामगरले बताए ।
अपाङ्गता भएका व्यक्तिहरूका लागि निःशुल्क स्वास्थ्य परामर्श, सेवा प्रदानदेखि अपाङ्गता कार्डका लागि डाक्टरद्वारा सिफारिस समेत दिइएको उनले जानकारी दिए । गाउँबस्तीमा पुगेर आइएनएफ नेपालले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेपछि स्थानीयले सकारात्मक प्रतिक्रिया दिँदै आगामी दिनमा यस्ता शिविर निरन्तर सञ्चालन हुनुपर्नेमा जोड दिएका छन् ।

रातको खानामा भुलेर पनि नखानुस् फलफूल र सलाद
बागलुङका चार पालिकामा क्षयरोग मुक्त अभियान

२२ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

चार दिनमा निको हुने रुघाखोकी दुई हप्ता बढी लाग्दै

अब 'एक्सरे'को आवश्यकता नपर्ने, सेन्सरले नै बताउनेछ हड्डीको अवस्था

गर्मीमा छालालालाई जोगाउने यी पाँच घरेलु उपाय अपनाउनुहोस्

चीनले बनायो नयाँ थेरापी प्रविधि : अब १९ हजार रुपैयाँमा क्यान्सरको उपचार

प्रतिक्रिया