होटल तथा पर्यटन व्यवसायीहरुले सुरु गरेको 'घुमौ मधेश, बुझौ मधेश'लाई सरकारले बनायो महत्वाकांक्षी योजना

होटल तथा पर्यटन व्यवसायी महासंघ मधेश प्रदेश ले `घुमौ मधेश, वुझौ मधेश´ भन्ने अभियानलाई मधेश प्रदेश सरकारले स्वामित्व लिएको छ । महासंघले पर्यटन पर्वद्वन गर्न सुरु गरेको अभियानलाई सरकारले महत्वाकांक्षी सरकारी कार्यक्रम अन्तर्गत राखेको हो ।
पर्यटन विकासको महत्वपूर्ण आधार वनाएर माहासंघले ५ जेठदेखि वाराबाट सुरु गरेको यो अभियानलाई सरकारले आफ्नो कार्यक्रम अन्तर्गत राखेसगैँ पर्यटन विकासमा कोशेढुंगा सावित हुने विस्वास लिईएको छ ।
`मधेश प्रदेश सरकारले पर्यटन विकासलाई उच्च प्राथमिकतामा राखेको बेला महत्वाकांक्षी सरकारी कार्यक्रमकोरुपमा राख्दै ‘घुमौँ मधेश, बुझौँ मधेश’ का संयोजक विकास ठाकुरलाई मुख्यमन्त्रीले नियुक्त गरेका छन ।´
मुख्यमन्त्रीका प्रेस सल्लाहकार अनिल कुमार कर्णले भने ,`यो अभियान थप उचाईमा पुग्ने विस्वास लिएका छौ ´
मधेश आफै पनि तन्नेरी आँट, सङ्कल्प र क्रियाशीलताको पर्खाइँमा रहेको वताउदै सल्लाहकार कर्णले सार्थक परिणामको रूपरेखा वन्नेमा अपेक्षा गरे । माहासंघका अध्यक्ष हिरा गौतमको संयोजकत्वमा सुरु भएको `घुमौ मधेश, बुझौ मधेश अभियान` अहिलेसम्म मधेशका ४ वटा जिल्लामा सम्पन्न भैइसकेको छ ।
५ बैसाखमा वाराका पर्यटकिय गन्तव्यहरुको पहिचान गरि पर्वद्वन गरेसगैँ सिरहा, महोत्तरी र सर्लाहीका पर्यटकिय क्षेत्रहरुमा अभियान चलाईसकेको महासंघका माहासचिव वैकुण्ठ सापकोटाले जानकारी दिए ।
यस्तै, पकृतिको अभियान महोत्तरीको बर्दिवासस्थित उद्योग बाणिज्य संघले नगर क्षेत्रमा ६ महिनासम्म चलाएको थियो । घुमेर पहिचान भएका ठाउँहरुलाई संघले एक प्रतिवेदन तयार गरि सरकारका तिनै तहलाई हस्तान्तरण गरिसकेको छ ।

हिमतालको जोखिम घटाउन जिसिएफको रु पाँच अर्ब अनुदान

नेपाल ‘सोलो एड्भेन्चर ट्राभल’ सूचीको सातौँ नम्बरमा

चितवन राष्ट्रिय निकुञ्जमा जीप सफारी बन्द

‘वाटरपार्क’मा पर्यटन प्रवर्द्धन ठप्प

मेघौलीमा हाइ-एन्ड पर्यटक लक्षित गर्दै १२ विघामा 'सिद्धार्थ वाइल्डलाइफ रिट्रिट' स…

पोखरा-जोमसोम हवाई उडान दुई महिनाका लागि बन्द

आन्तरिक पर्यटकको रोजाइमा कुलपानी हरित उद्यान, थप आकर्षक बनाइँदै
_d4qa3odkiK_izdqtdfhaefjahivqfnedatcat8zvcxstgusfyjwwy2er2d6qfk99k2zodns_5y4tYmwpmT_7b8e7evvgtispp3snrbqtdsjdlt1anpy01aeresombq9papqy6jygxymeywt.jpg)
प्रतिक्रिया