वैदेशिक रोजगारीको प्रलोभन देखाएर ठगी

काठमाडौँ - वैदेशिक रोजगारीमा आकर्षको तलबको प्रलोभनमा रकम ठगी गरेको अभियोगमा तीन जना पक्राउ परेका छन् ।
विभिन्न देशमा पठाइदिने भनी सर्वसाधारणबाट रकम असुल गरी सम्पर्क विहीन भएका धनुषाको मिथिला नगरपालिका–९ का ४१ वर्षीय रवीन कोइराला, धादिङको सिद्धलेक गाउँपालिका–७ आदमटारका ३६ वर्षीय पदमबहादुर भुजेल र झापा बाह्रदर्शी गाउँपालिका–३का ४१ वर्षीय कार्तिकलाल राजवंशी पक्राउ परेका हुन् ।
रविनले रु एक लाख, पदमले रु तीन र कार्तिक रु सात लाख ७० हजार लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले उनीहरूलाई काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए ।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्ष पछि पक्राउ

जुवातास खेलिरहेको अवस्थामा टोखाबाट १९ जना पक्राउ

बलात्कार गरेको आरोपमा दुईजना पक्राउ

म्याग्दीमा जिप खस्दा एकको मृत्यु, ४ घाइते

बालिकालाई वेश्यावृतिमा लगाएको आरोपमा गेस्ट हाउस संचालक पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

प्रतिक्रिया