चेकका विषयमा अनावश्यक बहस गरेर अतिरञ्जित गर्ने काम भयो : प्रवक्ता झा

काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सहकारी प्रकरणमा अनुसन्धान भइरहेको विषयलाई पार्टीले प्रभावित पार्न नखोजेको स्पष्ट पारेको छ ।
मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै रास्वपाले पार्टी सभापति रवि लामिछानेलाई राजनीतिक पूर्वाग्रहका आधारमा थुनामा राख्ने कामको विरोध गरेको तर सहकारी प्रकरणमा अनुसन्धान भइरहेको विषयलाई पार्टीले प्रभावित पार्न नखोजेको स्पष्ट पारेको हो ।
पत्रकार सममेलनमा रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले रवि लामिछानेविरुद्ध राज्यले नै हुँदै नभएको कुरा बाहिर ल्याएको र एकपक्षीय ढंगले दोष थुपार्ने काम भएको आरोप लगाए ।
उनले प्रयाप्त प्रमाण भएपनि कोशीका पूर्वमन्त्री लीलाबल्लभ अधिकारीमाथि कानुनी कारबाही नभएको तर प्रमाण नभएका व्यक्तिलाई थुनामा राख्ने काम राजनीति प्रतिशोध नै भएको जिकिर गरे । झाले कुनै पनि चेकमा हस्ताक्षर गर्दैमा केही नहुने भन्दै यसलाई पुष्टि गर्ने डकुमेन्ट आउनुपर्ने बताए ।
चेकका विषयमा अनावश्यक बहस गरेर अतिरञ्जित गर्ने काम नगर्न उनले आग्रह गरे । पत्रकार सम्मेलनमा रास्वपाका नेताहरूले आफूलाई मनमा लागेको कुरा सामाजिक सञ्जालमार्फत अभिव्यक्त गर्दा कारबाही हुन्छ भने कारबाही भोग्न समेत तयार रहेको बताएका छन् ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया