एनपिएलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई कार

काठमाडौँ - नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा मंसिर १५ गतेदेखि सुरु हुने नेपाल प्रिमियर लिग (एनपिएल) मा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीले कार प्राप्त गर्ने भएका छन् ।
ओमोडा एन्ड जेइकोले एनपीएलको पहिलो संस्करणमा सहप्रायोजकको रुपमा साझेदारी गरेसंगै उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीले कार प्राप्त गर्ने भएका हुन् । एनपिएलको व्यावसायिक अधिकार व्यवस्थापन गरिरहेको ब्रान्ड लजिक र क्यानको संयुक्त पहलमा मंगलबार सो सम्बन्धी सम्झौता गरिएको हो ।
सम्झौतापत्रमा ब्रान्ड डिजिटल लजिक प्रा.लि. का प्रमुख कार्यकारी अधिकृत रोशन निरौला र शारडा समूह अन्तर्गतको एसपिजि अटोमोबाइल्सका निर्देशक गौरव शारडाले हस्ताक्षर गरे । एसपिजि अटोमोबाइल्स, ओमोडा एन्ड जेइको अटोमोबाइल्सको नेपालको आधिकारिक विक्रेता हो । कार्यक्रममा क्यानका सचिव पारस खड्काले एनपिएलको फाइनलको दिन प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने नेपाली खेलाडीले गाडी पाउने जानकारी दिए । अहिलेका लागि एक बर्षका लागि सम्झौता गरेपनि आगामी दिनमा पनि यसले निरन्तरता पाउने उनले बताए ।
एनपिएलको पहिलो संस्करणमा ८ टिमबीच प्रतिस्पर्धा हुनेछ । एनपिएल मंसिर १५ देखि पुष ६ सम्म कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा आयोजना हुनेछ ।

आइपीएल : १४ वर्षीय वैभव सूर्यवंशीले थप खेल्न पाएको भए बनाउँथे धेरै रेकर्ड
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_zc6keGm69h_mtewttbx3rqqwyihsmx5o95ta2br01dod342c6sy9knjibjdb1mdmzjavbon.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

प्रतिक्रिया