लुम्बिनी बौद्ध विश्वविद्यालयको तेस्रो दीक्षान्त हुँदै

लुम्बिनी - लुम्बिनी बौद्ध विश्वविद्यालयले २०औँ वार्षिकोत्सवको अवसरमा तेस्रो विशेष दीक्षान्त समारोह आयोजना गर्ने भएको छ । विश्वविद्यालय २०औँ वर्षमा प्रवेश गरेको अवसरमा यही मङ्सिर १४ गते विशेष दीक्षान्त समारोह आयोजना हुने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
वार्षिकोत्सवको अवसरमा आयोजित तेस्रो विशेष दीक्षान्त समारोह र १७औँ सभाको बैठक प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा सम्पन्न हुने गरी तय भएको विश्वविद्यालयका रजिष्ट्रार डा तिलकराम आचार्यले जानकारी दिए ।
दीक्षान्त समारोहलाई बौद्ध शिक्षा, धर्म, दर्शनको विकास तथा प्रवर्द्धनमा अतुलनीय योगदान पुर्याएकी भिक्षुणी धम्मावती (गणेशकुमारी शाक्य) लाई मानार्थ विद्यावारिधि उपाधि प्रदान गरिने उनले बताए । विश्वविद्यालयले पहिलो पटक मानार्थ विद्यावारिधि उपाधि प्रदान गर्न लागेको रजिष्ट्रार डा आचार्यले जानकारी दिए । विशेष दीक्षान्त समारोहमा विद्यावारिधि गरेका सात जना, स्नातकोत्तर एक सय ८६ जना, स्नातक तहका ८८ र पिजीटी आठ जना गरी दुई सय ८९ जना विद्यार्थी दीक्षित हुनेछ ।
दीक्षान्तमा प्रत्येक सङ्कायबाट स्नातक तह र स्नातकोत्तर तहमा सर्वाेत्कृष्ट १३ जना विद्यार्थीलाई विश्वविद्यालय स्वर्णपदकबाट सम्मान गरिनेछ ।
समारोहमा विशेष अतिथिका रूपमा म्यानमारका भिक्षु सितगो सायडोकोलगायत विशिष्ट व्यक्तिको सहभागिता रहने विश्वविद्यालय उपकुलपति प्रा डा सुवर्णलाल बज्राचार्यले जानकारी दिए ।

कक्षा १२ को परीक्षामा ७३ वर्षीया परीक्षार्थी पनि
कक्षा १२ को परीक्षा आजदेखि, सबै तयारी पूरा

खुले सामुदायिक विद्यालय, भर्ना अभियान र पढाई सुरू

किन असन्तुष्ट छ सरकार र शिक्षक महासंघको सहमतिसँग विद्यालय कर्मचारी परिषद् ?

१५० वटा स्कुल लिडरहरूको सहभागीतासहित नेसनल प्याब्सन काठमाडौँको एकदिने तालिम
कक्षा १२ को परीक्षा निधारित समयमा हुन्छ : परीक्षा बोर्ड

प्रभावकारी विद्यालय व्यवस्थापनका लागि सक्षम नेतृत्व आवश्यक छ : गीता क्षेत्री राणा

प्रतिक्रिया