बिहीबार २२ जेठ, २०८२
Thursday, June 05, 2025

किमको त्यो गोल : पिएसजीमाथि जित निकाल्यो बायर्नले

काठमाडौँ- बायर्न म्युनिखले युइएफए च्याम्पियन्स लिग अन्तर्गतको खेलमा पिएसजीलाई पराजित गरेको छ।

गएराति भएको खेलमा बायर्नले पिएसजीलाई १-० गोल अन्तरले पराजित गरेको हो।

बायर्न म्युनिखको जितमा खेलको ३८औं मिनेटमा किम मिन जाइले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो।

यस खेलमा खेलको ५६औ मिनेटमा उसमान डेम्बेलेले रातो कार्ड पाएपछि पिएसजी १० खेलाडीमा सिमित भएको थियो।

यो जितपछि बायर्न म्युनिख ५ खेलमा ९ अंक सहित ११औं स्थानमा उक्लिएको छ भने पीएसजीको ५ खेलमा केवल ४ अंक रहेको छ र २६औं स्थानमा रहेको छ।