‘रेडवाइन’मा हिरो फेरबदल, पुष्पले लिए पलको ठाउँ

हतारमा घोषणा गर्ने र फुर्सदमा छोड्ने कलाकार\निर्माताको पुरानो बानी ‘रेड वाइन’मा पनि दोहोरिएको छ । दुई महिनाअघि धुमधामसाथ घोषणा भएको फिल्म ‘रेडवाइन’बाट पल शाह बाहिरिएका छन् । उनको ठाउँमा निर्माण टिमले पुष्प खड्कालाई साइन गरेको छ । फिल्मका निर्देशक रमेश एमके पौडेल प्रतिक्रियाका लागि उपलब्ध भएनन् तर उनी निकट स्रोतले फिल्ममा हिरोहरूको अदलीबदली भएको स्वीकार गरे ।
‘साइन गर्ने बेलामा गर्ने तरपछि विभिन्न कुरामा किचकिच गर्ने । पलजीले भनेका कुरा निर्माण टिमले नमानेपछि सहमतिमै उनको ठाउँमा पुष्प ल्याएका हौं,’ स्रोतले भन्यो । स्रोतका अनुसार पलले सुरुमा कथा सुनेरै फिल्म साइन गरेका थिए तर बीचमा उनले कथासँगै फिल्मको शीर्षक पनि परिवर्तन गर्न दबाब दिएका थिए । उनले फिल्मका सहायक कलाकारको छनोटमा पनि हस्तक्षेप गर्न खोजेको स्रोत बताउँछ । स्रोतका अनुसार उनले आफ्नोभन्दा साम्राज्ञीराज्य लक्ष्मी शाहको भूमिका धेरै भएको भन्दै उनको भूमिका पनि कम गराइदिन आग्रह गरेका थिए ।
यता इकागजले पलको धारणा जान्न उनलाई सम्पर्क गर्न खोज्दा पल सम्पर्कमा आएनन् । ‘रेडवाइन’मा जोडी बन्न लागेका पुष्प र साम्राज्ञीले यसअघि ‘मारुनी’मा सँगै काम गरिसकेका छन् । निर्माण टिमले बाँकी कलाकारको ना मभने सार्वजनिक गरिसकेका छैन ।

‘मुनामदनको ब्रेकअप’ फिल्मको घोषणा, राज कटुवाल अनुवन्धित

‘अनाम गजल गायन’मा सुनिए ७ स्रष्टा, सन्तोषले जिते श्रोताको मन

क्रिकेटरले आफ्नो बैबाहिक जीवन बिगारीदिएको आमिर खानको खुलासा

सन्नी देओलको बोर्डरः २ को सकियो सुटिङ

‘सितारे जमीं पर’ले कमायो १५४ करोड, बन्यो १५० करोड कटाउने ६५ औं चलचित्र

‘जाने भए जाम माया’ युट्युबमा सर्वाधिक हेरिएको गीत

सट्टेबाजी एप्स प्रचारमा दक्षिण भारतका १९ चर्चित कलाकारको संलग्नता, गरियो मुद्दा…

प्रतिक्रिया