शुक्रबार ०५ बैशाख, २०८२
Friday, April 18, 2025

‘ऊनको स्वीटर’: विपिन कार्की र मिरुना मगरको फिचर फिल्म वैशाख २६ मा प्रदर्शन हुँदै

काठमाडौँ - आर्टमाण्डुको पहिलो फिचर फिल्म ‘ऊनको स्वीटर’ आगामी वैशाख २६ मा दर्शकमाझ आउने भएको छ। विपिन कार्की र मिरुना मगरको प्रमुख भूमिका रहेको यस फिल्मलाई नवीन चौहानले निर्देशन गरेका छन्।

सहायक भूमिकामा सुनिल पोखरेल, माओत्से गुरुङ, विल्सन विक्रम राई, प्रेम सुब्बा, र अन्य कलाकारहरूको अभिनयले फिल्मलाई थप रोचक बनाउने अपेक्षा गरिएको छ। निर्देशक चौहानले लेखेको कथालाई सह-लेखक सुरज कटुवालले साथ दिएका छन्।

फेसबुकमार्फत पोस्टर सार्वजनिक गर्दै आर्टमाण्डुले फिल्मको प्रदर्शन मिति घोषणा गरेको हो। यसअघि म्युजिकल प्रोजेक्टहरूमा चर्चित आर्टमाण्डुको यो पहिलो फिचर फिल्मप्रति दर्शकको उत्सुकता बढ्दो छ।