डिश होम बाह्रखरी कथा लेखन प्रतियोगिता: उत्कृष्ट २५ कथाकारको सूची सार्वजनिक

काठमाडौँ- छैटौँ डिश होम बाह्रखरी कथा लेखन प्रतियोगिता–२०८१ का लागि प्राप्त ९३७ कथामध्येबाट उत्कृष्ट २५ कथाको सूची सार्वजनिक भएको छ।
मूल निर्णायक समूहका संयोजक प्रा.डा. ज्ञानू पाण्डे तथा सदस्यहरू डा. गीता त्रिपाठी र धीरेन्द्र प्रेमर्षिको टोलीले उत्कृष्ट २५ कथाहरू चयन गरेको हो।
उत्कृष्ट कथाकारहरूको सूची
यो वर्ष उत्कृष्ट कथाकारहरूको सूचीमा अनिता पन्थी, अप्सना चौलागाईं, चेतनाथ आचार्य, जीतबहादुर कटुवाल, तोयम्, दीक्षित के.सी., दुर्गा ढेंगा, देवेन्द्र खापुङ, ध्रुव अधिकारी, प्रमेय भण्डारी, भागवत खनाल, भूमिका थारू, मधुर भट्टराई, महेन्द्र महक, मिरमा, रमेशजङ्ग थापा, राधिका कल्पित, ललिता दोषी, विमला तिवारी, विवेक धिमाल, विष्णु पादुका, सपना अधिकारी, सुदिप चापागाईं, हर्कबहादुर लामगादे ‘रोहित’ र डा. हिमलाल श्रेष्ठजस्ता चर्चित र उदीयमान नामहरू परेका छन्।
पुरस्कार र सम्मान
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गर्नेलाई क्रमशः एक लाख, ६० हजार र ४० हजार रुपैयाँ नगद तथा प्रमाणपत्र प्रदान गरिनेछ। उत्कृष्ट २५ मा परेका बाँकी २२ कथाकारलाई जनही पाँच हजार रुपैयाँ सम्मानस्वरुप दिइने आयोजकले जनाएको छ।
कथाकृति सार्वजनिक हुँदै
प्रतियोगिताको सर्वोत्कृष्ट तीन कथासहितका कथा संग्रह ‘उत्कृष्ट कथा २०८१’ यही मंसिर १६ गते काठमाडौंमा आयोजना हुने विशेष समारोहमा सार्वजनिक गरिनेछ।
गत भदौ ३१ मा कथा आह्वान गरिएको प्रतियोगिताका लागि देश–विदेशबाट ९३७ कथा प्राप्त भएका थिए। प्रारम्भिक चरणमा आन्तरिक निर्णायक समूहले ५२ कथा छानेर मूल निर्णायक समूहलाई पठाएको थियो।
प्रतियोगिताले नयाँ र स्थापित सर्जकहरूलाई प्रोत्साहन गर्दै नेपाली साहित्यमा योगदान पुर्याउँदै आएको छ।

तिमी यसरी आयौ

कवि तथा गजलकार सुदिम्नको ‘साहित्य शैली’ कविता तथा गजलसङ्ग्रह सार्वजनिक

लीलबहादुर क्षेत्री : नेपाली साहित्यका उज्ज्वल नक्षत्र

साहित्यकार लीलबहादुर क्षेत्रीको निधन

यस वर्षको रुद्रराज साहित्य पुरस्कार गार्गी शर्मालाई

‘केपी शर्मा ओलीः सपना, संघर्ष र संकल्प’ पुस्तक लोकार्पित

पिताको सम्झनामा सत्यराजले ल्याए पहिलो साहित्यिक कृति ‘१४ फागुन’

प्रतिक्रिया