प्रधानमन्त्री ओलीसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेट

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीसँग राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालको नवनिर्वाचित कार्यसमितिले आज प्रधानमन्त्री निवास बालुवाटारमा भेट गरी फोटो पत्रकारहरुको हकहितका लागि नौ बुँदे ध्यानाकर्षणपत्र हस्तान्तरण गरेको छ ।
समूहका अध्यक्ष प्रदीपराज वन्त नेतृत्वको टोलीले बुझाएको सो ध्यानाकर्षणपत्रमा नेपालमा विभिन्न सञ्चारगृहमा फोटो पत्रकारिता गर्ने फोटो पत्रकारहरूको हकहितका लागि सरकारका तर्फबाट आवश्यक सहयोग र फोटो सङ्ग्रहालयका लागि पहल गराइदिन प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराइएको छ ।
त्यस्तै फोटो पत्रकारिताको माध्यमबाट जीविकोपार्जन गर्ने सम्पूर्ण फोटो पत्रकारहरूको बीमा तथा स्वास्थ सुरक्षा तथा व्यावसायिक तालिमका लागि आवश्यक बजेटसहित क्यामरालगायतका सञ्चार उपकरण खरिदमा सहुलियत दरको ऋण व्यवस्थाका लागि प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गर्यो ।
सो अवसरमा प्रधानमन्त्री ओलीले नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिँदै पत्रकारितामा फोटोको महत्व धेरै हुने भएकाले फोटो पत्रकारहरूका लागि राज्यका तर्फबाट आवश्यक सहयोग गर्ने विश्वास दिलाए ।

गुँलापर्व आजदेखि सुरु

नेपालीले भारतमा तीन महिना समयावधिको सीम कार्ड पाउने

चरेशसहित मगर पक्राउ

भिजिट भिसामा कुवेत जान लागेका ४७ महिला भारतबाट फर्काइए, गृहमन्त्रीद्वारा छान…

राशिफलमा यस्तो छ तपाईंको भाग्य

१६५ युवा सांसदले लिए शपथ

सब्बलको भरमा चट्टान फुटाएर घोरेटो बाटो निर्माण

प्रतिक्रिया