जनताले विकल्प खोज्ने बेला आयो : अध्यक्ष लिङ्देन

काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले जनताले विकल्प खोज्ने बेला आएको बताएका छन्।
काठमाडौंको कीर्तिपुरमा राप्रपाले आयोजना गरेको कोणसभालाई बुधबार सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले बन्धकबाट मुक्त र त्यसका लागि एक पटक मन परिवर्तन गर्न आग्रह गरेका हु्न्।
कीर्तिपुर नगरपालिकाको प्रमुख पदका लागि यही मंसिर १६ गते उपनिर्वाचन हुँदैछ। कीर्तिपुरमा राप्रपाबाट ध्रुव महर्जन उम्मेदवार छन्।
एकपटक मन परिवर्तन गरेर राप्रपा उम्मेदवारलाई मतदान गर्न उनको आग्रह छ। राप्रपाले नयाँ विकल्पका साथ आफूलाई उभ्याएको उनको दाबी थियो।
कीर्तिपुर जितेर राप्रपाले कस्तो देश बनाउन चाहेको रहेछ भन्ने सन्देश दिन चाहेको उनको भनाइ छ।

विराटनगर एमालेमा ओली समूह पत्तासाफ, गिरीको प्यानलै विजयी
रास्वपाले तोक्यो ७ वटै प्रदेश इन्चार्ज (सूचीसहित)
रास्वपाको महाधिवेशन फागनु ७ देखि चितवनमा हुने

प्रचण्डले भनेर सरकार ढल्ने वा नढल्ने भन्ने हुन्न : कांग्रेस

केन्द्रीय समिति बैठकमा रास्वपाको सहमहामन्त्री पदबाट राजीनामा दिने सुमना श्रेष्ठ…

प्रतिक्रिया