उपनिर्वाचन : आज रातिदेखि मौन अवधि सुरु

काठमाडौँ- यही मंसिर १६ गते हुने स्थानीय तहको उपनर्वाचनका लागि आज राति १२ बजेदेखि मौन अवधि सुरु हुने भएको छ। मतदानको समयभन्दा ४८ घण्टाअघि निषेधित अवधि रहने व्यवस्था अनुरुप आज राति १२ बजेदेखि मौन अवधि लागू हुने भएको हो ।
'मौन अवधिमा कुनै उम्मेदवार वा अन्य व्यक्तिले भौतिक वा सामाजिक सञ्जालमार्फत मत माग्नसमेत पाइने छैन। निर्वाचनलाई स्वच्छ र निस्पक्ष बनाउनलाई आयोगले मतदानको ४८ भण्टाअघि निषेधित तथा मौन अवधि लागू गर्ने गर्दछ। यस अवधिको पालना भएनभएको बारेमा आयोगले सूक्ष्म अनुगमन गर्ने छ,' निर्वाचन आयोगले भनेको छ।
आगामी आइतबार ३३ जिल्लाका ४४ पदका लागि मतदान हुँदैछ। दुई जिल्ला समन्वय समिति प्रमुख, एक/एक मेयर र उपमेयर, गाउँपालिका अध्यक्ष २, उपाध्यक्ष ४ र ३४ वडाध्यक्ष पदका लागि निर्वाचन हुन लागेको हो। मतदानका लागि १६२ मतदान स्थल र २९३ मतदान केन्द्र कायम गरिएका छन् ।

गृहमन्त्रीले दिए प्रधानमन्त्रीको स्पेन भ्रमणमा सरकारी प्रतिनिधिमण्डल बाहेक अरूलाई…

सरकारको एक वर्ष : आर्थिक क्षेत्रमा के-के भयो काम ?

प्रतिनिधिसभाको बैठक बस्दै

केपी ओली बिनाको एमाले होस भन्ने चाहाना पुरा हुदैँन्ः प्रधानमन्त्री ओली

प्रधानमन्त्री ओलीबाट हुलाकी राजमार्गको रतुवा पुल उदघाटन
रास्वपाको सामान्य प्रशासन मन्त्री गुप्ताको अडियो प्रकरणको छानविन गर्न माग

राप्रपाका असन्तुष्ट नेताले निर्वाचन आयोगमा दिए उजुरी

प्रतिक्रिया