गठ्ठाघरमा ट्रकको ठक्करबाट स्कुटरमा सवार महिलाको मृत्यु, श्रीमान् घाइते

भक्तपुर- मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघरचोकमा आज बिहान भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन् ।
यहाँबाट काठमाडौंतर्फ गइरहेको ट्रकले स्कुटरलाई ठक्कर दिँदा त्यसमा सवार भक्तपुर नगरपालिका–५ द्यौलाबस्तीका जिते द्यौला गम्भीर घाइते भएका छन् भने निजकी श्रीमती नवीनाको मृत्यु भएको छ । घाइते जितेको नागरिक कम्युनिटी अस्पताल गठठाघरमा उपचार भइरहेको छ ।
प्रहरीले ट्रक र त्यसका चालक मकवानपुरगढी गाउँपालिका–४ का बुद्धबहादुर घलानलाई नियन्त्रणमा लिएको छ ।

माछा मार्न गएका युवकलाई गोहीले लियो ज्यान

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

ललितपुर महानगरपालिका पूर्णखोप सुनिश्चित स्थानीय तह

चितवनमा परीक्षण गरिएका सबै फार्मको महमा पौष्टिक तत्त्व भरिपूर्ण

बागमतीमा पन्ध्र चालक र सहचालक सम्मानित
चितवनमा ‘परियार समुदायको सङ्ग्रहालय’ निर्माण गरिने

पाँचखालवासीलाई निःशुल्क रगत

प्रतिक्रिया