परराष्ट्रमन्त्री राणा चीन प्रस्थान

परराष्ट्रमन्त्री आरजु राणा देउवा चीन प्रस्थान गरेकी छन्। प्रधानमन्त्री केपी ओलीको मंसिर १७ देखि हुने चीन भ्रमणको तयारीका लागि उनी बिहिबार चीन प्रस्थान गरेकी हुन्।
राणा सिचुआन एयरलाइन्सको जहाजबाट चीनको छेन्दुङ जाने छिन्। उनको बिदाईका लागि परराष्ट्र मन्त्रालयका अधिकारी त्रिभुवन विमानस्थल पुगेका थिए।
परराष्ट्रमन्त्री राणाले शुक्रबार चिनियाँ समकक्षी वाङ यी सँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम छ।
बीआरआईबारे कांग्रेस-एमालेबीच मतभिन्नता छ भन्ने मिडियाले सिर्जना गरेको भ्रम भएकाे उनले टिप्पणी गरिन्।
बीआरआई एकरुपताको साथ अघि बढाउन दुई दलीय टीमले काम गरिरहेको र परराष्ट्र नीतिमा दुई देशीय सम्झौता नेगोसियसनमा हुने बताउदैं राणाले बीआरआई सम्बन्धी अनुदान सम्झौता हुने बताइन्।

नेपालका लागि केन्याका राजदूत मून्यीरीद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत

प्रधानमन्त्रीसँग नेपालका लागि जापानी राजदूतको शिष्टाचार भेट

मन्त्री यादव र नेपालका लागि जापानका राजदूत तोरुबीच भेटवार्ता

परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्रीबीच द्विपक्षीय भेटवार्ता

परराष्ट्रमन्त्री र मल्दोभाका उपप्रधानमन्त्रीबीच भेटवार्ता

परराष्ट्रमन्त्रीद्वारा युक्रेनका विदेशमन्त्रीसँग वार्ता :युक्रेनी सेनाको कब्जामा रह…
परराष्ट्रमन्त्री डा राणा नयाँ दिल्लीमा, भारतीय विदेशमन्त्रीसँग भेट्ने

प्रतिक्रिया