इन्जिनियरिङ र जियोइन्जिनियरिङको क्षेत्रमा धेरै चुनौतीहरू छ : उपप्रधानमन्त्री सिंह

काठमाडौँ- उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपालमा विज्ञान, इन्जिनियरिङ र जियोइन्जिनियरिङको क्षेत्रमा धेरै चुनौतीहरू रहेको बताएका छन् । दिगो पूर्वाधारका लागि जियोटेक्निक्स कार्यक्रमको समुद्घाटन गर्दै उनले नेपालमा जलवायु परिवर्तन, भूकम्प, बाढीपहिरोजस्ता प्राकृतिक प्रकोपले धेरै प्रभाव पारेको चर्चा गर्दै नेपालमा जियोटेक्निक्स प्रयोगमा चुनौती देखिएको बताएका हुन् ।
काठमाडौँमा आजबाट शुरु भएको अन्तर्राष्टिय सम्मेलन शुक्रबारसम्म चल्नेछ । ‘नेपालमा भूकम्प, बाढी पहिरोले कति धेरै असर पारेको छ यसको साथै जलवायु परिवर्तन र ग्लोबल वार्मिङले पनि पछिल्लो समय देशमा धेरै परिवर्तन गरेको छ,’ उपप्रधानमन्त्री सिंहले भने,‘नेपालमा विज्ञान, इन्जिनियरिङ र जियोइन्जिनियरिङको क्षेत्रमा धेरै चुनौतीहरू छन् । सम्मेलनको उद्देश्य भनेको दिगो पूर्वाधारका लागि जियोटेक्निक्सको प्रयोग भन्ने रहेको छ र यो नेपालको सन्दर्भमा अत्यन्तै सान्दर्भिक छ ।’
विकासोन्मुख राष्ट्रको रूपमा नेपाल प्राकृतिक घटनाहरू मात्र नभई पछिल्लो समय अव्यवस्थित सहरीकरण, नदी किनारको अतिक्रमण, खराब इन्जिनियर संरचनाहरू, र अपर्याप्त डिजाइन मापदण्डहरू र निर्माण प्रविधिको कारणले पनि पीडित हुनुपरेको बताए ।
‘मलाई आशा छ कि यो अन्तर्राष्ट्रिय सम्मेलनले हाम्रा युवा र अभ्यास गर्ने भू–प्राविधिक इन्जिनियरहरू र भू–वैज्ञानिकहरूलाई विश्व प्रविधिहरू, दिगो विकासबारे जान्नको लागि उपयुक्त मञ्च प्रदान गर्नेछ ।’
यस सम्मेलनमा २५ भन्दा बढी देशका १ सय ५० भन्दा बढी अन्तर्राष्ट्रिय प्रतिनिधिहरू र ३ सय भन्दा बढी सहभागी छन् भने सम्मेलनमा १५ जना प्रमुख वक्ता, १६ विशिष्ट वक्ता, ९० भन्दा बढी प्राविधिक पत्रहरू प्रस्तुत हुने आयोजक संस्था नेपाल जियोटेक्निलकल सोसाइटीका अध्यक्ष मन्दिप सुवेदीले जानकारी दिए ।

व्यवसायीलाई ढुक्क भएर लगानी गर्न प्रधानमन्त्री ओलीको आग्रह

निर्माणमुखी सामग्रीको व्यवस्थापन तथा नियमनसम्बन्धी विधेयकमाथि छलफल सुरु

शहरी विकास मन्त्रालयको के-के छ प्रगती ?

नेपाल प्रहरीको महानिरीक्षकमा दीपक थापा नियुक्त

पूर्वविशिष्टलाई दिने सेवा सुविधालाई व्यवस्थित गर्न कानुन बन्दै : गृहमन्त्री लेखक
राष्ट्रपतिद्वारा चार विधेयक प्रमाणीकरण

भ्रष्टाचारबाट आर्जित सम्पत्ति सरकारको नाममा कायम गर्ने गृहमन्त्रीको निर्णय

प्रतिक्रिया