अग्रवाल परिवारले बजारमा ल्याए अर्गानिक रत्नम दानेदार मल

नेपाल कृषी प्रधान देश हो, याहा किसानहरुको समस्या भनेकै मल हो । किसानहरुको समस्यालाई मध्य नजर गर्दै अग्रवाल परिवारले रुपन्देहीमा अगार्निक मल उद्योग संचालनमा ल्याएको छ । बिहिबार भैरहवामा पत्रकार सम्मेलन गर्दै रत्नम दानेदार अग्रानिक मल उत्पादन गरेर बजारमा ल्याएको प्रतिष्ठित उद्योगी सिद्धार्थ अग्रवालले जानकरी गराएका हुन ।
रोहिणी गाउंपालिकामा ग्रो मोर फर्टिलाइजर एन्ड केमिकल प्रा.लि उद्योग संचालन गरेर सिद्धार्थ अग्रवालले मल उत्पादन गरि बजारमा ल्याएका हुन ।
यस मलमा प्राङ्गारीक मल नहालेको तथा अरु प्राङ्गारीक मलहरु भन्दा यो मललाई फरक तरिकाले बनाएको र यो मल अर्गानीक भएको उद्योगी अर्गावालको भनाई छ ।
‘मलको बजार मुल्य ५० किलोको १५ सय रुपैयामा रहेको पनि अग्रवालले जनाउनु भयो । नेपाल सरकारबाट बिक्रि बितरणको लागि अनुमति पाएपछि आफ्नै पालिकाहरुबाट मल बितरण गर्दै आएको र मलको उपयोग पछि ‘राम्रो रिजल्ट आएको अग्रवालको भनाई छ । त्यसपछि हामी ब्यवसायीक रुपमा अगाडि बढ्यौ ।’—उनले भने ।
ग्रो मोर फर्टिलाइजर एन्ड केमिकल प्रालिका निर्देशक पुनम अग्रवालले ‘हाम्रो आफ्नै एउटै ब्रान्ड छ रत्नम, जसले १०० प्रतिशत फर्टिर्लाइजर हो भनेर ठोकुवा गर्न सक्छ ।
उक्त पत्रकार सम्मेलनमा नेपालसंगै भारतमा समेत यो मल निर्यात हुन थालेको र हाल बाग्मती प्रदेश, गण्डकी प्रदेश र मधेश प्रदेशमा मलको माग आईरहेको उद्योगी ग्रवालले बताउनु भयो । हाल उद्योगमा ४० जना स्थानिय युवाहरुले रोजगार पाएका छन्।

‘निसास्सिँदै तराई-मधेश, गहिरिँदै कृषि सङ्कट’

मनसुनी वर्षा : रोपाइँलाई राहत

केराखेतीबाट १५ लाख आम्दानी गर्नुभएका टेकेन्द्र भन्नुहुन्छ, ‘स्वदेशमै आत्मनिर्भर ब…

पानी अभाव भएपछि वीरगञ्जमा ‘हुकिङ’मार्फत डिपबोरिङ

कृषि कर्ममा रमाउँदै लामिछाने
म्याग्दीमा ३५ हजार मेट्रिक टन आलु उत्पादन

प्रतिक्रिया