सानो गौचरनमा रङ्गशाला पुनःनिर्माण सुरु

काठमाडौं महानगरपालिकाले सानो गौचरन स्टेडियम पुनर्निर्माण थालनी गरेको छ । उपप्रमुख सुनिता डंगोलले शिलान्यास गरेर आजबाट पुनःनिर्माणको काम थालनी गरेको हो ।
२२ करोड ९५ लाख ९३ हजार ९९९ लागत अनुमान गरिएको काम गर्न आव्हान गरिएको बोलपत्रबाट १८ करोड ८६ लाख ७४ हजार ८२७ रुपैयाँ कबोल गरेर शुभ कन्स्ट्रक्सनले पुनःनिर्माणको जिम्मेवारी पाएको छ ।
स्टेडियम पुनःनिर्माणको शिलान्यास गर्दै महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले, महानगरपालिकाले खेल पूर्वाधारमा लगानी बढाएको बताइन् ।
‘सन्तुलित विकासका लागि भौतिक निर्माणसँगै आर्थिक र सामाजिक विकास सँगै लैजानुपर्छ । यस क्रममा खेलकुदलाई विकासको आयामसँगै अगाडि लैजाने कार्यक्रमअन्तर्गत स्टेडियम पुनःनिर्माण गर्न लागेका हौँ ।’ विद्यालय स्तरबाट खेलाडी उत्पादनका लागि कार्यक्रम सञ्चालन भइरहेको बताउँदै उनले यो प्रयासबाट राष्ट्रिय पहिचान दिन सक्ने खेलाडी प्राप्त हुने अपेक्षा राखिन्।
वडामा स्टेडियम पुनःनिर्माणले स्थानीय विकासलाई उचाइमा लैजाने वडा नं। ५ का अध्यक्ष वीरेन्द्र प्रजापतीले धारणा राखे ।
‘टोलहरु र चोकहरुमा मौलिक खेल पुनरुत्थान गरिरहेका छौँ । यहाँ व्यवस्थित फुटबल ग्राउण्ड निर्माण हुन्छ । भत्केको पुलमा करिब ५ रोपनी क्षेत्रफल जमिनमा बास्केटबल, टेबुलटेनिस, व्याटमिन्टन र फुटसलका लागि पूर्वाधार तयार गरिरहेका छौँ ।’ उनले भने ।
स्टेडियमको ड्रइङ्, डिजाइन र लागत अनुमान सहरी योजना आयोगले तयार पारेको हो ।
स्टेडियममा ९६×६२ मिटरको खेल मैदान हुनेछ । मैदानमा आकाशे पानी निकास प्रणालीसहितको कृत्रिम घाँस राखिनेछ । वरिपरि सिमा पर्खाल हुनेछ । यसमा २८ वटा चार पाङ्ग्रे र १७८ वटा २ पाङ्ग्रे सवारी साधन अट्ने क्षमताको पार्किङ् हुनेछ । स्टेडियमको भुइँ तलामा महिलाका लागि २३ वटा र पुरुषका लागि १६ वटा शौचालय हुनेछन् । पहिलो तलामा ७ वटा महिलाका लागि र ५ वटा पुरुषका लागि शौचालय हुनेछन् ।

सुर्खेतमा करेन्ट लाग्दा एक दम्पतीको मृत्यु

फितलो विपद् पूर्वतयारीले निम्त्याउनसक्ने संकट

मध्यबानेश्वरको सडकमा खानेपानीको पाइप फुटेर बगिरहेको छ पानी (फोटो/भिडियो)

गुँलापर्व आजदेखि सुरु

नेपालीले भारतमा तीन महिना समयावधिको सीम कार्ड पाउने

चरेशसहित मगर पक्राउ

भिजिट भिसामा कुवेत जान लागेका ४७ महिला भारतबाट फर्काइए, गृहमन्त्रीद्वारा छान…

प्रतिक्रिया