धादिङमा पहिरो : पाँच सवारी साधन पुरिए, दुईको मृत्यु, ६ घाइते

काठमाडौँ : पहिरोले धादिङमा दुई जनाको मृत्यु भएको छ । शनिबार बिहान धादिङको बेनीघाट रोराङ गाउँपालिका-१० जवाङ खोलामा पहिरोले पाँच वटा सवारी साधन पुरिँदा दुई जनाको मृत्यु भएको हो ।
काठमाडौँबाट मुग्लिनतर्फ जाँदै गरेको ना ८ ख ४५४० नम्बरको ट्रकमा रहेका चितवनको राप्ती नगरपालिका-६ बस्ने अन्दाजी १८ वर्षीय बिरबल प्रजा र ना ७ ख ३२० नम्बरको कन्टेनरमा सवार भारतकी ४३ वर्षीया सोनी देवीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक जागेश्वर भण्डारीले बताए । उनका अनुसार ६ जना घाइते भएका छन् ।
बा १ ग २८३१ नम्बरको ट्रक, बा १२ च ७१५६ नम्बरको म्याजिक भ्यान, ना ८ ख ४५४० नम्बरको ट्रक, पीएन २८ एए ०१२० नम्बरको ट्रक र ना ७ ख ३२० नम्बरको कन्टेनर पुरिएको प्रहरीले जनाएको छ ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया