पौडेललाई ८ वर्ष कैद फैसला

सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल पौडेललाई ८ वर्ष कैद सजाय तोकिएको छ।
बिहीबार विशेष अदालतले सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेललाई ८ वर्ष कैद सजाय तोकेको हो।
पौडेलसहित राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन निर्देशक सफल श्रेष्ठलाई ८ वर्ष कैद र तीन करोड ४२ लाख २२ हजार ८ सय रुपैयाँ जरिवाना तथा सोही रकम बराबरको विगो रकम भराउन बिहीबार फैसला भएको हो।
उनीहरू दुवैलाई कात्तिक १४ गते दोषी ठहर गरेको थियो। बिहीबार सजाय निर्धारणका लागि पेसी तोकिएको थियो।
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्यहरू तुलसीप्रसाद थारू तथा रितेन्द्र थापाले उक्त सजाय निर्धारण गरेका हुन्।
उनीहरूमाथि अन्तशुल्क स्टिकर खरिदमा अनियमितता गरेको अभियोग थियो।

६० किलो सुन तस्करी प्रकरण : अमला रोकालाई धरौटीमा छाड्न आदेश

उच्च अदालतका लागि ४ न्यायाधीश सिफारिस

न्यायाधीशलाई मोसो दल्नु न्यायपालिकामाथि आक्रमण : न्यायाधीश समाज

राजावादीको तीनकुने घटना : दुर्गासहित ७ जना थुनामा, ३२ जना धरौटीमा रिहा (…

सर्वोच्चले ५२ संवैधानिक पदाधिकारीविरुद्धको निर्णय असार १८ गते सुनाउने
आयोगले एकैसाथ तीन मुद्दा दायर गर्यो

प्रतिक्रिया