जनताको जीवन परिवर्तन हुने गरी कांग्रेसले काम गर्छ - महामन्त्री थापा
काठमाडौँ - नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले माओवादीले हतियार उठाउँदा मुलुकको महत्वपूर्ण १० बर्ष खेर गएको बताएका छन् ।
बिहीबार कीर्तिपुरमा आयोजित चूनावी सभालाई सम्बोधन गर्दै थापाले युवाहरूलाई रोजगारी दिने भन्दा पनि युद्धमा लगाउँदा मुलुकको महत्वपूर्ण १० बर्ष खेर गएको बताएका हुन् । उनले अहिले पनि प्रचण्डले हप्तामा एकपल्ट कांग्रेसलाई सरकारको नेतृत्व गरिदिनुस् भनेर प्रस्ताव पठाउने गरेको बताए । उनले कांग्रेस प्रधानमन्त्रीको आकांक्षाभन्दा स्थिर सरकारका पक्षमा रहेको बताए ।
उनले खाडी मुलुकमा भन्दा बढी तलव दिने अवस्था सिर्जना गर्नसकेमात्रै युवाहरुलाई स्वदेशमा परिचालन गर्न सकिने बताए । ठूलो दलको हैसियतले मुलुकका जनताको जीवन परिवर्तनको आभाष हुने गरि कांग्रेसले काम गर्ने उनको भनाइ छ ।
त्यस्तै कांग्रेसका अर्का महामन्त्री विश्वप्रकाश शर्माले मुलुकमा अप्ठेरो पर्दा कांग्रेसले सदैव अग्रणी भूमिका निर्वाह गरेको भन्दै आगामी दिनमा पनि देशलाई अघि बढाउन कांग्रेसले अग्रणी भूमिका निर्वाह गर्ने बताए । सहकारी ठगी लगाएत अन्य मुद्दामा निष्पष ढंगले अनुसन्धान हुने र सवैर्लाइ कारवाही हुने उनको भनाइ छ ।
उनले कांग्रेस नविनतम ढंगले अघि बढ्ने जिकिर गरे । त्यस्तै शर्माले संविधानको सफल कार्यान्वयनका लागि सवैलाई समेटेर अघि बढने धारणा राखे ।

विराटनगर एमालेमा ओली समूह पत्तासाफ, गिरीको प्यानलै विजयी
रास्वपाले तोक्यो ७ वटै प्रदेश इन्चार्ज (सूचीसहित)
रास्वपाको महाधिवेशन फागनु ७ देखि चितवनमा हुने

प्रचण्डले भनेर सरकार ढल्ने वा नढल्ने भन्ने हुन्न : कांग्रेस

केन्द्रीय समिति बैठकमा रास्वपाको सहमहामन्त्री पदबाट राजीनामा दिने सुमना श्रेष्ठ…

प्रतिक्रिया