उखुको समर्थन मूल्य निर्धारण,प्रतिक्विन्टल २० रुपैयाँले वृद्धि

काठमाडौँ - सरकारले उखुको समर्थन मूल्यमा झन्डै २० रुपैयाँ वृद्धि गरेको छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले उद्योगी (उखु मिल)ले किसानहरूलाई उपलब्ध गराउने रकममा प्रतिक्विन्टल २० रुपैयाँले वृद्धि गरेको हो । जस अनुसार अब किसानले प्रतिक्विन्टल झन्डै ५सय ८५ रुपैयाँ उखु मिलबाट पाउने छन् ।
सरकारले उखु किसानलाई अनुदान बापत दिने रकमको भने निर्णय गर्न बाँकी छ । कृषि तथा पशुपक्षी विकास मन्त्री रामनाथ अधिकारीले उखु किसानलाई अनुदान बापत दिने रकम वृद्धि गर्नुपर्ने प्रस्ताव गरेका छन् ।
तर, मुलुकको आर्थिक अवस्थालाई समेत ख्याल गरेर अनुदान बापत दिने रकमपछि निर्धारण गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको हो । सरकारले यसअघि प्रतिक्विन्टल ७० रुपैयाँ अनुदान दिएको थियो ।

‘निसास्सिँदै तराई-मधेश, गहिरिँदै कृषि सङ्कट’

मनसुनी वर्षा : रोपाइँलाई राहत

केराखेतीबाट १५ लाख आम्दानी गर्नुभएका टेकेन्द्र भन्नुहुन्छ, ‘स्वदेशमै आत्मनिर्भर ब…

पानी अभाव भएपछि वीरगञ्जमा ‘हुकिङ’मार्फत डिपबोरिङ

कृषि कर्ममा रमाउँदै लामिछाने
म्याग्दीमा ३५ हजार मेट्रिक टन आलु उत्पादन

प्रतिक्रिया