मुख्यमन्त्री कार्कीले गरे ८७ वटा धाराको उद्घाटन

झापा - कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज एक समारोहबीच धार्मिक तथा पर्यटकीयस्थल शताक्षीधाममा नवनिर्मित ‘शताक्षी धारा’ (८७ वटा धारा) को उद्घाटन गरेका छन् ।
सय वटा आँखा भएकी शताक्षी देवीको मन्दिर भएको झापाको शिवसताक्षी नगरपालिकामा दाताहरुले धारा निर्माण गरेका हुन् । मुख्यमन्त्री कार्कीले शताक्षी धाराको जलअभिषेक गर्नुको साथै शताक्षीधामस्थित दिगम्बेश्वर महादेव र शाकम्बरी देवीको मन्दिरमा पूजाअर्चना गरेका छन् ।
उनले धाममा निर्माण हुने अतिथि गृहको पनि शिलान्यास गरे । शिवशताक्षी नगरपालिका, कोशी प्रदेश र दाताहरुको सहयोगमा अतिथि गृह निर्माण गरिने भएको छ । तीन तला र ५१ कोठा रहने अतिथि गृह निर्माणका लागि गोलोक गोवर्द्धन गौशालाका संरक्षक आचार्य नन्दकिशोरजी महाराजले रु १० लाख सहयोगको घोषणा गरेका छन् ।

सगरमाथा क्षेत्रमा पर्यटक आगमन वृद्धिः चैतमा १२ हजार भित्रिए

चट्याङ लागेर दुई घाइते

सुनसरी गोली प्रहार घटना, तीन जना पक्राउ
भोजपुरको वैकुन्ठेमा सुन्तला, कागती फलफूल सिकाइ केन्द्र स्थापना

सङ्खुवासभामा चट्याङ लागेर चार जना घाइते

प्रथम रेडपाण्डा महोत्सव सुरु

भोजपुरको पर्यटकीयस्थल नागछाँगा आझेलमा

प्रतिक्रिया