आइतबार २५ जेठ, २०८२
Sunday, June 08, 2025

म्यान्माका राजदूतद्वारा स्वयम्भूको दर्शन

नेपालका लागि म्यान्माका राजदूत यु मायो माइन्ट माउङ्गले आज बिहान विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूनाथ चैत्यको दर्शन एवं पूजाआजा गरेका छन् ।

राजदूत माउङ्गसहित म्यान्माका राजगुरू सिकागो सायदोले आज स्वयम्भूसहित आसपासका सम्पदाको अवलोकन गरी विधिपूर्वक चैत्यको पूजाआजा गरेका हुन् । 

महासमितिका अध्यक्ष महास्थवीर भिक्षु धर्ममूर्तिले ऐतिहासिक पक्षका साथै धार्मिक गतिविधिबारे उनलाई जानकारी गराउँदै बौद्ध साहित्य एवं दर्शनलाई अन्तर्राष्ट्रिय तहमा प्रवर्द्धन गर्न महासमितिले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।

राजगुरू सायदोले विश्वशान्ति तथा मानव कल्याणका लागि बौद्ध शिक्षाको महत्त्व रहेकाले ती साहित्य तथा दर्शनको प्रवर्द्धनमा जोड दिने बताउँदै पवित्र तीर्थस्थलको अवलोकन गर्न पाएकोमा खुसी व्यक्त गरे ।

महासमितिका सचिव चन्द्ररत्न बुद्धाचार्यले विशेषगरी विभिन्न धार्मिक गतिविधि गरिने उक्त स्थलमा हिनयान, महायानलगायत सबै सम्प्रदायका बौद्ध अनुयायीले आस्था प्रकट गर्ने जानकारी दिए । उनले विभिन्न मुलुकका कूटनीतिक नियोगबाट गरिने भ्रमणले अन्तर्राष्ट्रिय तहमा सकारात्मक सन्देश प्रवाह भएर धार्मिक पर्यटनमा अभिवृद्धिमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।-रासस

नेपालका लागि केन्याका राजदूत मून्यीरीद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत

नेपालका लागि केन्याका राजदूत मून्यीरीद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत

प्रधानमन्त्रीसँग नेपालका लागि जापानी राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग नेपालका लागि जापानी राजदूतको शिष्टाचार भेट

मन्त्री यादव र नेपालका लागि जापानका राजदूत तोरुबीच भेटवार्ता

मन्त्री यादव र नेपालका लागि जापानका राजदूत तोरुबीच भेटवार्ता

परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्रीबीच द्विपक्षीय भेटवार्ता

परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्रीबीच द्विपक्षीय भेटवार्ता

परराष्ट्रमन्त्री र मल्दोभाका उपप्रधानमन्त्रीबीच भेटवार्ता

परराष्ट्रमन्त्री र मल्दोभाका उपप्रधानमन्त्रीबीच भेटवार्ता

परराष्ट्रमन्त्रीद्वारा युक्रेनका विदेशमन्त्रीसँग वार्ता :युक्रेनी सेनाको कब्जामा रहेका सात नेपालीलाई मुक्त गर्न माग

परराष्ट्रमन्त्रीद्वारा युक्रेनका विदेशमन्त्रीसँग वार्ता :युक्रेनी सेनाको कब्जामा रह…

परराष्ट्रमन्त्री डा राणा नयाँ दिल्लीमा, भारतीय विदेशमन्त्रीसँग भेट्ने

परराष्ट्रमन्त्री डा राणा नयाँ दिल्लीमा, भारतीय विदेशमन्त्रीसँग भेट्ने

प्रधानमन्त्री र इजिप्टका राष्ट्रपतिबीच टेलिफोन संवाद, विपिनको रिहाइका लागि आग्रह

प्रधानमन्त्री र इजिप्टका राष्ट्रपतिबीच टेलिफोन संवाद, विपिनको रिहाइका लागि आग्रह