शिक्षकको लापरपाहीले विद्यालयको गेट ढल्दाँ दुई बालक घाइते, एकको अवस्था गम्भिर

सिरहाको नरहामा शिक्षकहरुको लापरवाहीले विद्यालयको गेट ढल्दाँ दुइजना बालक घाइते भएको छन् ।
घाइते मध्येय एकको अवस्था गम्भिर रहेको छ। नरहा गाउँ पालिका १ गौरहा स्थित श्री आधारभुत विद्यालयको फलामे गेट ढलेर चोट लाग्दा कक्षा ४ मा अध्ययनरत कासिन्द सदायका छोरा १० वर्षिय राजेश सदाय र फुल कुमार यादवको छोरा ११ वर्षिय प्रिन्स यादव घाइते भएका हुन्।
घाइते मध्येय राजेशको अवस्था गम्भिर रहेको छ। उनको टाउकोमा गम्भिर चोट लागेकाले थप उपचारको लागि विराटनगर लगिएको विद्यालयका शिक्षक रामजुलुम यादवले बताए। उनले, ‘प्रिन्सको पिठ्युमा घाउ लागेको र अवस्था चिन्तामुक्त रहेकाले गोलबजारस्थित लाईफ लङ्ग अस्पतालमा उपचार भईरहेको छ।’ फलामे ढोकाले लागेर राजेशको टाउकोमा गम्भिर चोट लागेको शिक्षक यादवले जनाए।
यता, कार्यालय सहयोगीले विद्यार्थीलाई गेट खोल्न लगाउँदा घटना हुन पुगेको स्थानियहरुको आरोप छ। ढोका खोल्दा ढोकाबाट साउन्ड आयो र एकैपल्ट ढोका झर्दा बिद्यार्थीहरुको भागाभाग भएको थियो सो क्रम्मा दुई बिद्यार्थी घाइते भएको स्थानियहरुको भनाई छ ।
विद्यालयका कार्यालय सहयोगी मुख्य स्लाईड गेट आधीमात्र खोेलेर कक्षा कोठा र कार्यालय खोल्न गए पछि राजेश गेटमा चढेर प्रिन्सलाई धकेल्न लगाउँदा गेटको चक्का उछिट्टिएर ढल्दा चोट लागेको शिक्षकहरुको भनाई रहेको छ।
बिद्यालयका शिक्षकहरु समयमा विद्यालय नआउनाले पनि यो घटना हुन पुगेको अभिभावकहरुको गुनासो रहेको छ।-
मुकेश कुमार यादब

काठमाडौँको ग्यालेक्सी पब्लिक स्कूलमा ‘राइज एन्ड लिड’ कार्यशाला भोलि हुने

नेसनल प्याब्सनले गर्यो झापा र सुनसरीमा तदर्थ समिति गठन, यस्ताे बन्याे समिति
आधारभूत कक्षामा विद्यार्थी सङ्ख्या शून्य

नेसनल प्याब्सन काठमाडौँले ३२७ शिक्षिकाहरूलाई गरायो तालिम

विद्यार्थी सङ्ख्या तीन, शिक्षक, कर्मचारी पनि तीन !

पूर्व प्राथमिक पाठ्यक्रम निर्माण कार्यशाला सम्पन्न, शिक्षक र अभिभावक महासंघको सक्र…

बन्द हुने अवस्थामा पुगेको बालमन्दिर माविको फड्को

प्रतिक्रिया