आइतबार २९ असार, २०८२
Sunday, July 13, 2025

लुम्बिनी विश्वबिधालयमा २८९ जना दिक्षित

लुम्बिनी बौद्ध विश्वविद्यालयको तेस्रो  विशेष दीक्षान्तका अवसरमा आज प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीबाट एक मानार्थ विद्यावारिधिसहित  विभिन्न संकायमा उपाधीप्राप्त दुई सय ८९ जना दीक्षित भएका छन् ।

प्रधानमन्त्री ओलीले भिक्षुणी धम्मावती गुरुमालाई मानार्थ विद्यावारिधि प्रदान गर्नुभयो भने पाँच जनालाई विद्यावारिधिको उपाधि प्रदान गरेका छन् ।  ललितपुर जन्मनुभएका ९१ वर्षका गुरुमाले बौद्ध धर्म, दर्शन र शिक्षाको विकासमा दिनुभएको अतुलनीय योगदानप्रति सम्मान गर्दै आजै सम्पन्न १७ औं विश्वविद्यालयसभाले गुरुमालाई सो सम्मान प्रदान गर्ने निर्णय गरेको थियो ।