यु–१९ एसियाकपः श्रीलङ्काले दियो नेपाललाई दुई सय ३४ रनको लक्ष्य

काठमाडौं- संयुक्त अरब इमिरेट्स (युएई)मा आज शुक्रबारदेखि सुरु भएको पुरुष यु–१९ एसिया कप–२०२४ को पहिलो खेलमा श्रीलङ्काले नेपाललाई जीतका लागि दुुई सय ३४ रनको लक्ष्य दिएको छ ।
युएईको शारजहास्थित शारजहा क्रिकेट रङ्गशालामा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको श्रीलङ्काले ५० ओभरमा सबै विकेट गुमाएर दुुई सय ३३ रन बनाएको हो । श्रीलङ्काका लागि शरुजन षणमुगनाथनले सर्वाधिक ६२ रन बनाए । उनले ९९ बलमा दुई चौकाको मद्दतले ६२ रन बनाएका हुन् । लकविन अवेसिङ्घेले ५० रनको योगदान दिए । उनले ५३ बलमा एक छक्का र दुई चौकासमेत प्रहार गरे । दुल्निथ सिगेरा र विमथ दिनसाराले समान २४/२४ रन बनाए ।
श्रीलङ्काका लागि कविजा गमागेले नटआउट ३७ रनको योगदान दिए । त्यस्तै, कप्तान विहास थेवमिकाले तीन, कुगदास मथुलन, पुलिन्दु परेरा र प्रवीण मनिषाले समान दुई-दुई रन बनाए । विरन चामुदिथाले एक रन पनि जोड्न सकेनन् । नेपालका लागि सन्तोष यादवले सर्वाधिक ४ विकेट लिए । यस्तै, युवराज खत्रीले दुई, हेमन्त धामी र नरेन साउदले समान एक-एक विकेट हात पारे ।

आइपीएल : १४ वर्षीय वैभव सूर्यवंशीले थप खेल्न पाएको भए बनाउँथे धेरै रेकर्ड
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_zc6keGm69h_mtewttbx3rqqwyihsmx5o95ta2br01dod342c6sy9knjibjdb1mdmzjavbon.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

प्रतिक्रिया