सामाजिक सञ्जालमार्फत युवतीको चरित्र हत्या गर्ने सुरेन्द्र पक्राउ

युवतीको चरित्र हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। साइबर ब्यूरोले नुवाकोटको शिवपुरी गाउँपालिका-१ बस्ने ३८ वर्षीय सुरेन्द्र केसीलाई पक्राउ गरेको हो।
केसीले युवतीसँग प्रेम प्रस्ताव राखेको र भिडिओ कलमा युवतीलाई गोप्य अंग देखाउन लगाएर रेकर्ड गरेको आरोप छ। त्यस्तै उनले ती सामग्री आफन्तलाई पठाएर बेइज्जत गरेको भन्ने उजुरी परेको थियो। उजुरी परेपछि प्रहरीले केसीलाई पक्राउ गरेको हो।
उनीमाथि जिल्ला अदालत काठमाडौंबाट हिरासतमा राख्न पाँच दिनको अनुमति लिइसकेको छ।

गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति

सुत्केरीको हेलिकप्टबाट उद्धार

तीनकुने घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका आरोपीहरू

भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्षलाई पक्राउ नगर्दा स्थानीयले जलाए गृहमन्त्र…

तीनकुन घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका १८ जना

तीनकुने घट्ना प्रकरणः यी हुन ४१ जना पक्राउ परेकाहरू ( नाम सहित )

काठमाडौँका यी-यी ठाउँमा भए कर्फ्यूको आदेश

प्रतिक्रिया