दुर्गा प्रसाईं थप ५ दिन हिरासतमा

बिबादस्पद मेडिकल ब्यावसायी थप ५ दिन हिरासतमा बस्ने भएका छन् ।
जिल्ला अदालत काठमाडौँले साइबर अपराधसम्बन्धी कसूरमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध मिथ्या र गलत सामग्री दुष्प्रचार गरेको आरोपमा उनी गत मंसिर ४ गते पक्राउ परेका थिए।
यसअघि मंसिर ५ गते प्रसाईंलाई म्याद थपका लागि अदालतमा पेश गरिएको थियो।
त्यतिबेला अदालतले ५ दिन हिरासतमा राख्न अनुमति दिएको थियो। त्यसपछि मंसिर ९ आइतबार अदालतले दोस्रो पटक ५ दिनको म्याद थप गरेको थियो।
५ दिनको म्याद सकिएपछि शुक्रबार प्रसाईंलाई पुनः अदालतमा पेश गरिएकोमा ५ दिन म्याद थप भएको हो।

न्याय सम्पादनमा न्यायकर्मीले सेवाग्राहीबाट अतिरिक्त आर्थिक लाभ लिनु हुँदैनः अध्य…
विशेषको फैसलाविरुद्ध आयोग सर्वोच्चमा

रामबहादुर बम्जनको मुद्दा उच्च अदालतले उल्ट्यायो
५ वर्षमा नि टुंगिएन् संवैधानिक निकायका ५२ नियुक्तिको मुद्दा, आज पनि हेर्दाहेर्…
सेनिटरी प्याड खरिदमा भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर
विशेषको फैसलाविरुद्ध अख्तियार पुग्यो सर्वोच्चमा

प्रतिक्रिया