‘सामाजिक सञ्जालमार्फत शान्ति सुव्यवस्था खलल पुर्याउनेलाई कारबाही’

काठमाडौँ- गृह मन्त्रालयले सामाजिक सञ्जालको गलत प्रयोग गरी द्वेषपूर्ण एवं भ्रामक अभिव्यक्ति दिनेलाई कानुनी कारबाही हुने स्पष्ट पारेको छ । मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गरी सामाजिक सद्भाव र मर्यादामा आँच पुर्याउनुका साथै सार्वजनिक शान्ति सुव्यवस्थामा नै खलल पुर्याउनेलाई कानुनी दायरामा ल्याइने जनाएको हो ।
पछिल्लो समयमा केही व्यक्तिले सामाजिक सञ्जाललगायत माध्यमको गलत प्रयोग गरी कानुनले निषेध गरेका द्वेषपूर्ण एवं भ्रामक अभिव्यक्तिप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ ।
मन्त्रालयले विभिन्न जातजाति, धर्म सम्प्रदायबीचको सुसम्बन्धमा खलल पार्ने, गाली बेइज्जत गर्ने, अपराध गर्न दुरुत्साहन गर्ने एवं सार्वजनिक शिष्टाचार वा नैतिकताको प्रतिकूल हुने जस्ता घृणाजन्य अभिव्यक्ति दण्डनीय अपराधको रुपमा व्यवस्था गरेको स्पष्ट पारेको छ ।

अब क्यान्सरका दुर्लभ महँगो औषधी बिरामीलाई निःशुल्क : मन्त्री पौडेल

भानुभक्त आचार्य नेपाली भाषा र भावनालाई जोड्ने सेतु: प्रधानमन्त्री ओली

विकासका आयोजना निर्माणको कार्यशैली परिवर्तन गर्न प्रधानमन्त्रीको निर्देशन

विद्युत् उत्पादन वृद्धि गर्दा खरिदको सुनिश्चितता महत्त्वपूर्ण हुन्छ: अर्थमन्त्री पौडेल

मुलुकको अर्थतन्त्रमा सुधार भएको छ : प्रधानमन्त्री ओली

मुलुकको अर्थतन्त्र सुधार हुँदैछ, निराश हुनुपर्दैनः अर्थमन्त्री पौडेल

एनपिएल आयोजनाको तयारीमा ध्यान दिन राखेपलाई प्रधानमन्त्रीको आग्रह

प्रतिक्रिया