जनकपुरलाई विराटनगरले दियो १२८ रनको लक्ष्य

काठमाडाैं - नेपाल प्रिमियर लिग (एनपिएल) को उद्घाटन खेलमा जितका लागि जनकपुर बोट्ल्सले विराटनगर किङ्सलाई एक सय २८ रनको लक्ष्य दिएको छ ।
त्रिवि मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा सबै विकेटको क्षतिमा एक सय २७ रन बनायो ।
विराटनगरका लागि मार्टिन गुप्टिलले अर्धसतकीय इनिङ्स खेलेका थिए भने ५५ रन बनाएका मार्टिनले ४३ बलमा सात चौका र एक छक्का हान्न सफल भए ।
अकिब इल्यासले १५ रन बनाउँदा ओपनर लोकेश बम पाँच रनमा आउट हुन पुगेका थिए । अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।
बलिङमा जनकपुरका ललित राजवंशीले तीन विकेट लिइरहदाँ किशोर महत्तो र हर्ष थाकेरले दुई दुई तथा मोहमद मोहसिन र बेन माइकले एक विकेट लिएका थिए ।
पुस ६ गतेसम्म चल्ने एनपिएलमा आठ टोलीको सहभागिता रहेको छ ।

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

भारतीय क्रिकेटर शिखर धवन प्रेममा

प्रतिक्रिया