जनकपुर बोल्ट्स एनपिएलको पहिलो खेलमा विजयी

काठमाडौं - जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिगको पहिलो खेलमा विजयी भएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिवार सम्पन्न उद्घाटन खेलमा जनकपुरले विराटनगर किंग्सविरुद्ध आठ विकेटको जित निकाल्यो ।
विराटनगरले प्रस्तुत गरेको १२८ रनको लक्ष्य जनकपुरले १५.३ ओभरमा विकेट दुई विकेट गुमाउँदै पूरा गर्यो ।
जनकपुरका लागि मिलन्थाले ५३ बलमा ९ चौका र ३ छक्काको मद्दतले अविजित ७५ रन बनाए । यसैगरी हर्ष थाकर २९ रनमा अविजित रहे ।
तेस्रो विकेटका लागि मिलन्था र थाकरले अविजित ११६ रनको साझेदारी गरे । विराटनगरका लागि प्रतिस जिसी र क्रिस सोलले समान एक विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको विराटनगरले १९ ओभरमा सबै विकेट गुमाउँदै १२७ रनको योगफल तयार पार्यो ।
विराटनगरका लागि गुप्टिलले ४३ बलमा सात चौका र एक छक्काको मद्दतले सर्वाधिक ५५ रनको योगदान गरे । यसैगरी अकिब इल्यासले १५ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
जनकपुरका लागि ललितनारायण राजवंशीले तीन, किशोर महतो र हर्ष थाकरले समान दुई तथा बेन माइक र मोहम्मद मोहसिनले समान एक विकेट लिए ।

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

भारतीय क्रिकेटर शिखर धवन प्रेममा

प्रतिक्रिया