रौतहटको ३ वडामा सवारी साधन र आवागमनमा रोक

रौतहट - जिल्ला प्रशासन कार्यालय रौतहटले उप निर्वाचन हुने जिल्लाको ३ वटा वडाहरूमा सवारीसाधन संगै स्थानीय बाहेक लाई पैदल आवत जावतमा समेत रोक लगाएको छ।
उप निर्वाचनको पूर्व सन्ध्यामा आज जिल्ला प्रशासन कार्यालय रौतहटले एक सूचना जारी गर्दै उक्त रोक लगाएको हो। स्थानीय तह उपनिर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित र शान्तिपूर्ण रूपमा सम्पन्न गराउन आज साँझ ७ बजेदेखि भोलि बेलुकी ५ बजे मतदान न सकेसम्म अत्यावश्यक र अनुमति लिएका बाहेक सबै सवारी साधनमा रोक लगाएको सिडियो हिरालाल रेग्मीद्वारा हस्ताक्षरित सूचनामा उल्लेख गरिएको छ।
जिल्ला प्रशासनले निर्वाचन हुने राजापुर नगरपालिका ६, ईशनाथ नगरपालिका ७ र गढीमाई नगरपालिका ८ भित्र बसोबास गर्ने बाहेक अन्यत्रका मानिसहरूलाई समेत आवतजावतमा रोक लगाएको छ। उप निर्वाचन हुने वडा प्रवेशका सबै नाका, सडकहरूमा कडा चेकिंग र खानतलासी हुने भएको हुँदा सहयोग गर्न जिल्ला प्रशासन कार्यालय रौतहटले सबैसँग आग्रह गरेको छ।

नेपाल फर्काएका २०५ जना नेपाली : भोटेकोशीले खाना खुवायो, बाह्रबिसेले बस खोज…

अबदेखि नेपाल प्रहरीले आरोपितको तस्बिर र भिडियो सार्वजनिक नगर्ने

सुनसरीमा छुरा प्रहारबाट मृत्यु

मुग्लिन–पोखरा सडकखण्डमा दुर्घटना बढ्दै

कुलङ्घारले दलालीमा भुलेर बीपी अस्पताललाई जग्गा दिएछ, पिलिज अस्पतालको जग्गा फ…

ट्राफिक प्रहरीद्वारा १० करोड १७ लाखबढी राजस्व सङ्कलन

भोटखोलामा पहिरोले पाँच परिवार विस्थापित

प्रतिक्रिया