विराटनगर किङ्ग्सविरुद्व जनकपुरका मिलन्थाले बनाए अर्धशतक

काठमाडौँ - जनकपुर बोल्ट्सका लाहिरु मिलन्थाले विराटनगर किङ्ग्सविरुद्व अर्धशतक पूरा गरेका गरेका छन् । आज त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान कीर्तिपुरमा जारी खेलमा मिलन्थाले विराटनगर किङ्ग्सविरुद्व अर्धशतक पूरा गरेका हुन् ।
अमेरिकामा बसेर क्रिकेट खेल्ने श्रीलङ्काका मिलन्थाले ३९ बलमा दुई छक्का र चार चौका प्रहार गर्दै अर्धशतक पूरा गरेका हुन् । पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)मा अर्धशतक बनाउने उनी दोस्रो खेलाडी बनेका छन् ।
यसअघि न्यूजिल्याण्डका पूर्वओपनर ब्याटर मार्टिन गप्टिलले जनकपुर बोल्ट्सविरुद्ध विराटनगर किङ्ग्सको तर्फबाट अर्धशतक प्रहार गरेका थिए । उनले ३६ बलमा सात चौका र एक छक्कासहित ५० रन बनाउन सफल भएका हुन् । गप्टिलले विराटनगरको लागि अर्धशतक प्रहार गर्दै सर्वाधिक ५५ रन बनाएर आउट भएका थिए ।

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

भारतीय क्रिकेटर शिखर धवन प्रेममा

प्रतिक्रिया