नेपाल शिक्षक संघका पूर्वअध्यक्ष ज्ञवालीको निधन

काठमाडौँ - नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल शिक्षक सङ्घका पूर्वअध्यक्ष मोहन ज्ञवालीको निधन भएको छ ।
दुई कार्यकाल नेपाल शिक्षक संघका नेतृत्व गरेका ज्ञवालीको ५९ वर्षको उमेरमा गएराति हृदयघातका कारण निधन भएको नेपाल शिक्षक सङ्घका उपमहासचिव एव प्रवक्ता नारायण तिमिल्सिनाले जानकारी दिए ।
स्थायी घर गुल्मी भई कास्कीमा शिक्षक रहँदा ज्ञवाली शिक्षक सङ्घमा आबद्ध भएका थिए । विसं २०५३ देखि २०५७ सम्म कास्की जिल्ला अध्यक्ष भएकामा विसं २०५७ देखि २०६१ सम्म शिक्षक सङ्घको केन्द्रीय महासचिव र विसं २०६१ देखि २०६९ सम्म दुई कार्यकाल केन्द्रीय अध्यक्ष थिए ।
नेपाली कांग्रेस गुल्मीका महाधिवेशन प्रतिनिधिसमेत रहनुभएका ज्ञवालीको शवलाई अहिले नेपाल शिक्षक संघको केन्द्रीय कार्यालय धुम्बाराहीमा श्रद्धाञ्जलीका लागि राखिएको छ । उनको आजै हिन्दू परम्पराअनुसार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने परिवारले जनाएको छ ।
---

नेपाल फर्काएका २०५ जना नेपाली : भोटेकोशीले खाना खुवायो, बाह्रबिसेले बस खोज…

अबदेखि नेपाल प्रहरीले आरोपितको तस्बिर र भिडियो सार्वजनिक नगर्ने

सुनसरीमा छुरा प्रहारबाट मृत्यु

मुग्लिन–पोखरा सडकखण्डमा दुर्घटना बढ्दै

कुलङ्घारले दलालीमा भुलेर बीपी अस्पताललाई जग्गा दिएछ, पिलिज अस्पतालको जग्गा फ…

ट्राफिक प्रहरीद्वारा १० करोड १७ लाखबढी राजस्व सङ्कलन

भोटखोलामा पहिरोले पाँच परिवार विस्थापित

प्रतिक्रिया