‘कामरेड जलजला’ (उपन्यास) लोकार्पण

काठमाडौँ - वामपन्थी नेता मोहनविक्रम सिंहद्वारा लिखित ‘कामरेड जलजला’ (उपन्यास) सार्वजनिक गरिएको छ । जन शिक्षा गृहले यहाँ आज आयोजना गरेको कार्यक्रममा वामपन्थी नेत्री स्व विद्या ढकाल (जलजल) की आमा ललितादेवी ढकाल (प्रभा) ले पुस्तक लोकार्पण गरे ।
उपन्यास २ खण्ड, ८ भाग, ७२ परिच्छेद र दुई सय ७२ अंकमा विभाजन गरिएको छ । करिब पाँच लाख शब्द, रोयल साइजमा एक हजार तीन सय २० पृष्ठ र करिब पाँच सय पात्र छन् । उपन्यासमा सम्पूर्ण विश्व, धर्ती, मानव समाज र समाजको मनोविज्ञानको अध्ययन, विश्लेषण र विवेचना गर्ने प्रयत्न गरिएको छ । उपन्यासले संसारका सबै महाद्वीप र महासागर, सम्पूर्ण मानव समाज र सुदूर अन्तरिक्षसम्मको परिभ्रमण गर्ने प्रयत्न गरेको छ ।
प्राडा रामप्रसाद ज्ञवालीले उपन्यासबारे टिप्पणी गर्दै यसमा सम्पूर्ण संसार र नेपालका विभिन्न स्थानको इतिहास, संस्कृति र मानव जीवनको अध्ययन गर्ने प्रयत्न गरिएको बताए । “उपन्यासमा काठमाडौँ उपत्यका, नेपालको ढुङ्गेयुगीन सभ्यता, प्राचीन बौद्ध सभ्यता, कर्णाली प्रदेशको प्राग्ऐतिहासिक नदी र ताल, स्वयम्भूनाथ, पशुपतिनाथ र नेपालका प्राग्ऐतिहासिक जातिको समेत अध्ययन गर्ने प्रयत्न गरिएको छ”, उनले भने ।
यसैगरी, उपन्यासमा काठमाडौँ उपत्यकाका अष्टमातृकाको विस्तृत र गहन चर्चा गर्नाका साथै ‘हिन्दू पुराणले उनीहरूलाई देवीका रूपमा मान्दछन् तर मूल रूपमा उनीहरू हिन्दू देवी होइनन्’ भन्ने विषयलाई पनि समावेश गरिएको त्यस अवसरमा जानकारी दिइयो ।

तिमी यसरी आयौ

कवि तथा गजलकार सुदिम्नको ‘साहित्य शैली’ कविता तथा गजलसङ्ग्रह सार्वजनिक

लीलबहादुर क्षेत्री : नेपाली साहित्यका उज्ज्वल नक्षत्र

साहित्यकार लीलबहादुर क्षेत्रीको निधन

यस वर्षको रुद्रराज साहित्य पुरस्कार गार्गी शर्मालाई

‘केपी शर्मा ओलीः सपना, संघर्ष र संकल्प’ पुस्तक लोकार्पित

पिताको सम्झनामा सत्यराजले ल्याए पहिलो साहित्यिक कृति ‘१४ फागुन’

प्रतिक्रिया