सुदूरपश्चिममा आन्तरिक हवाइ उडान शुरु हुँदै

डोटी : कोभिड १९ का कारण बन्द भएका आन्तरिक उडानहरु यही असार १७ गतेबाट पुनः सञ्चालन भएसँगै सुदूरपश्चिममा पनि आन्तरिक हवाइ उडान शुरु हुने भएको छ । कोरोना महामारीका कारण कम्तिमा तीन महिनादेखि उडान बन्द भएको दिपायल–धनगढी हवाई उडान यही असार २२ गतेबाट पुनः सञ्चालन हुने नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
दिपायल–धनगढी हप्ताको दुई दिन मङ्गलबार तथा शुक्रबार समिट एअरले उडान भर्ने तालीका तयार गरी हवाई उडान पुनः सञ्चालनका लागि तयारी गरेको दिपायल विमानस्थल कार्यालयले जनाएको छ ।
कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको निषेधाज्ञाका कारण यहाँका डोटीको दिपायलसहितका अन्य जिल्लाहरु बझाङ, अछाम र बैतडीका आन्तरिक हवाई उडान बन्द भएका थिए । सरकारले निषेधाज्ञा खुकुलो गरेसँगै यहाँका पहाडी जिल्लाहरुमा धनगढी विमानस्थलबाट हवाई उडान सञ्चालन हुन लागेको हो । रासस

अब अनलाइन दर्ता र नवीकरण प्रशासन कार्यालयबाट हुने

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

शर्मिला वाइबा पक्राउ

पोखरामा लागुऔषध कारोबारी बढ्दै

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

डाँका तथा कर्तव्य ज्यान कसूरमा संलग्न ९ जना पक्राउ

आत्महत्या दुरुत्साहनमा श्रीमानसहित सासूससुरा पक्राउ

प्रतिक्रिया