शुक्रबार २६ बैशाख, २०८२
Friday, May 09, 2025

मतदान गर्दै उपप्रधानमन्त्री सिंहले भने- लोकतन्त्रको सुदृढीकरणका लागि उत्साहपूर्वक मतदान गर्नुपर्छ

काठमाडौँ- उपप्रधानमन्त्री एव् शहरी विकास मन्त्री प्रकाशमान सिंहले मतदान गरेका छन् । काठमाडौँ महानगरपलिका वडा नं १६ मा जारी उपनिर्वाचनका क्रममा उनले मतदान गरेका हुन् । 

पक्नाजालस्थित युवक मावि मतदान केन्द्रबाट उनले मतदान गरेका छन् । मतदानपछि सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै कुरा उनले लोकतन्त्रको सुदृढीकरणका लागि सबैले उत्साहपूर्वक मतदान गर्नुपर्नेमा जोड दिए । वडा नं १६ का अध्यक्ष मुकुन्द रिजालको निधनपछि रिक्त रहेको पदमा उपनिर्वाचन भएको हो ।