आइतबार ११ जेठ, २०८२
Sunday, May 25, 2025

सुनको मूल्य फेरि घट्‍यो

काठमाडौं : स्थानीय बजारमा आज पहेंलो धातुको मूल्य प्रतितोला रु ६०० ले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन आज प्रतितोला रु ९० हजार ७०० मा कारोवार भएको छ । शुक्रबार छापावाला सुन प्रतितोला रु ९१ हजार ३०० मा कारोवार भएको थियो ।

यस्तै तेजाबी सुन आज प्रतितोला रु ९० हजार २०० मा कारोवार भएको छ । शुक्रबार तेजाबी सुन प्रतितोला रु ९० हजार ८०० मा कारोवार भएको थियो । यस्तै चाँदी आज प्रतितोला रु एक हजार १५० मा कारोवार भएको छ । शुक्रबार चाँदी प्रतितोला रु एक हजार १६५ मा कारोवार भएको थियो । शुक्रबारका तुलनामा आज चाँदी प्रतितोला रु १५ ले घटेको हो । (रासस)