एनसीएचएल र क्यानबीच एनपीएलको लागि साझेदारी

काठमाडौँ- क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान) र नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल)बीच नेपाल प्रिमियर लिग २०२४ (एनपीएल २०२४) को Official Umpire Partner को रूपमा ‘NEPALPAY–नेपालको आफ्नै QR हुने गरी साझेदारी भएको छ ।
उक्त साझेदारीको घोषणा क्यानका सचिव पारस खड्का र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधानले शुक्रबार एक औपचारिक कार्यक्रममा गरेका छन् ।
नेपालको पहिलो क्रिकेट लिग एनपीएल १५ मंसिर, २०८१ देखि टियूको क्रिकेट मैदानमा शुरु भएको छ । राष्ट्रिय स्तरको भुक्तानीको पूर्वाधारहरु प्रदान गर्दै आएको एनसीएचएलले नेपाली क्रिकेटलाई समर्थन गर्न नेपालपे क्यूआरमार्फत एनपीएल २०२४ मा औपचारिक रुपमा आवद्ध भएको छ । उक्त साझेदारीले नेपाली क्रिकेटको विकासमा सहयोग पुग्नुका साथ यसको विकासमा टेवा पुग्ने विश्वास लिइएको छ ।
नेशनल पेमेन्ट स्वीच अन्तर्गतको NepalQR मापदण्ड कार्यान्वयन गर्न, NEPALPAY QR एक स्वतन्त्र QR स्किमको रुपमा सञ्चालन हुनुको साथै मर्चेन्ट तथा नेटवर्क लेभलको अन्तरआबद्धता कायम गर्दै आएको छ ।

एलजी नेपालले सुरु गर्यो 'इफेक्सनेट इन्टेलिजेन्स' नयाँ युगको सुरुवात

एलजी नेपालद्वारा ‘एफेक्सनेट इन्टेलिजेन्स’को प्रदर्शनी, भविष्यको सुरुवात अब नेपा…
_ILhKYfm3Q5_vdx5qewnnnkaufdezwfcyusym2ocfuxqoberjtgpbn4zh7tf6mfjzwcsphhl_rUAFdz67Hf_ygvsqzco9xevinwh9ymtvgtgsqknnxbuk1tmb7ndjqkzpyagya0t7bxuwdi1.jpg)
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी ‘सिप मेला २०८२’ मा संस्थागत साझेदार

इनड्राइभको 'प्लेटिनम ड्राइभर्स गिभअवे' क्याम्पेन चालकहरुलाई सुनौलो अवसर

एससीटी-यूपीआई कार्ड ग्राहकहरूलाई मौलाकाली केवलकारमा १० प्रतिशत छुट

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धीकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम

काठमाडौँमा इनड्राइभको कार्यालय उद्घाटन

प्रतिक्रिया