रवि लामिछानेका समर्थकहरूको काठमाडौंमा प्रदर्शन

काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका समर्थकहरुले आइतबार काठमाडौंमा प्रदर्शन गरेका छन् ।
सहकारी ठगी प्रकरणमा काठमाडौं सरकारी वकिल कार्यालयमा लामिछानेको बयान भइरहदा उनका समर्थकले माइतीघरमा प्रदर्शन गरेका हुन् ।
उनीहरूले राजनीतिक प्रतिशोधका कारण निर्दोष व्यक्तिलाई थुनामा राखेको आरोप लगाएका छन् । प्रदर्शनमा सहभागीले रवि लामिछानेलाई रिहा गर, राजनीतिक प्रतिशोध बन्द गर लगाएका प्लेकार्ड प्रदर्शन गर्दै नारा लगाएका थिए ।
पोखराको प्रहरी हिरासतमा रहेका रवि लामिछानेलाई काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको रकम हिनामिना प्रकरणमा बयानका लागि बिहीवार काठमाडौं ल्याइएको थियो ।

विराटनगर एमालेमा ओली समूह पत्तासाफ, गिरीको प्यानलै विजयी
रास्वपाले तोक्यो ७ वटै प्रदेश इन्चार्ज (सूचीसहित)
रास्वपाको महाधिवेशन फागनु ७ देखि चितवनमा हुने

प्रचण्डले भनेर सरकार ढल्ने वा नढल्ने भन्ने हुन्न : कांग्रेस

केन्द्रीय समिति बैठकमा रास्वपाको सहमहामन्त्री पदबाट राजीनामा दिने सुमना श्रेष्ठ…

प्रतिक्रिया