उपनिर्वाचनमा मतदाताको उत्साहजनक सहभागिता रहेको कांग्रेसको ठहर

काठमाडौं - नेपाली कांग्रेसले स्थानीय तह उपनिर्वाचनमा मतदाताको उत्साहजनक सहभागिता रहेको जनाएको छ।
कांग्रेस सभापति शेरबहादुर देउवाको तर्फबाट मुख्यसचिव कृष्णप्रसाद पौडेलले सन्देश जारी गर्दै निष्पक्ष, धाँधलीरहित र उत्साहपूर्ण रूपमा मतदान सम्पन्न भएको बताए।
'उपनिर्वाचनमा उत्साहपूर्ण र सक्रिय सहभागिता, सहयोग र समर्थनले लोकतन्त्रप्रति नागरिक विश्वासलाई थप प्रमाणित गरेको छ। निर्वाचन आयोगले उपनिर्वाचनमा करिब ६२ प्रतिशत मत खसेको जानकारी गराएको छ,' जारी विज्ञप्तिमा भनिएको छ।
शान्तिपूर्ण, भयरहित, धाँधलीरहित र उत्साहपूर्ण रूपमा उपनिर्वाचन सफल भएको बताउँदै कांग्रेसले सरकार र निर्वाचन आयोगलाई धन्यवाद दिएको छ।

विराटनगर एमालेमा ओली समूह पत्तासाफ, गिरीको प्यानलै विजयी
रास्वपाले तोक्यो ७ वटै प्रदेश इन्चार्ज (सूचीसहित)
रास्वपाको महाधिवेशन फागनु ७ देखि चितवनमा हुने

प्रचण्डले भनेर सरकार ढल्ने वा नढल्ने भन्ने हुन्न : कांग्रेस

केन्द्रीय समिति बैठकमा रास्वपाको सहमहामन्त्री पदबाट राजीनामा दिने सुमना श्रेष्ठ…

प्रतिक्रिया