जिल्ला समन्वय समिति कैलालीको प्रमुखमा निर्वाचित भएको प्रमाणपत्र प्रदान

सुदूरपश्चिम - जिल्ला समन्वय समिति कैलालीको प्रमुखमा निर्विरोध निर्वाचित टीका चौधरी भुललाई आज निर्वाचित भएको प्रमाणपत्र प्रदान गरिएको छ ।
निर्वाचन अधिकृत प्रेमराज भट्टले उनलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेका हुन् । उनलाई आजै जिल्ला अदालतमा आयोजित समारोहमा न्यायाधीश दण्डपाणी लामिछानेले पद तथा गोपनीयताको सपथ गराए ।
जिसस प्रमुखमा उम्मेदवारी दिएकी नागरिक उन्मुक्ति पार्टीका रुपमति डगौरा थारुले यसअघि नै उम्मेदवारी फिर्ता लिएपछि उनी निर्विरोध निर्वाचित भएकी हुन् । भुल नेपाली कांग्रेसबाट कैलारी गाउँपालिकाको दलित महिला सदस्यमा निर्वाचित भएकी थिइन् । कांग्रेसबाट निर्वाचित जिसस प्रमुख पदमबहादुर कलेलको निधनभएपछि यो पद रिक्त भएको थियो ।
प्रदेश निर्वाचन कार्यालय कैलालीका निमित्त प्रमुखसमेत रहेका निर्वाचन अधिकृत भट्टले सुदूरपश्चिम प्रदेशमा रिक्त रहेका पदका लागि आज भएको उपनिर्वाचन शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको जानकारी दिए ।
बाजुराको स्वामीकात्तिकखापर गाउँपालिकाको उपाध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा कुल मतदाताको ५२ प्रतिशत मत खसेको छ । त्यहाँ सात हजार चार सय ६० मतदाता थिए ।

विदेशबाट फर्केर केरा खेतीमा जमेका भण्डारी

जीपको ठक्करबाट चन्दको मृत्यु

बाढीको जोखिमले राजमार्ग छेउ बस्न बाध्य वनहराका भूमिहीन परिवार

प्रहरीका पाँच युनिटलाई विपद् उद्धार सामग्री हस्तान्तरण

कैलालीमा नक्षत्र वाटिका

भीरबाट लडेर महिलाको मृत्यु
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_uYo6SbrWTv_rumxl2apwoyuvflfztwpvdgjc9ydofrmgqonrriyntgyhlvgnyzoem7wzd7a_DNMDxuzm97_pmdjhavyziu9cuaewwze1t54mwh4gskyn17pjhzlvn7f2pryog04uzhpix9j.jpg)
बाढीको जोखिममा रहेका घरमा रातो झण्डा

प्रतिक्रिया