अज्ञात रोगले एकै किसानका २५ भेडा मरे
जुम्ला - तिला गाउँपालिका–५ स्थित ढिम्कोट गाउँका भेडापालक किसान कर्णवीर शाहीका २५ भेडा मरेका छन् । भेडापालक किसान शाहीका ४० वटा भेडामध्ये एक्कासि २५ भेडा मरेका हुन् । अज्ञात रोगले जाजरकोटको छेडागाड नगरपालिका–७ मा रहेको पौँजा भन्ने ठाउँमा भेडा मरेका तिला-५ का वडाध्यक्ष ललित शाहीले जानकारी दिए ।
भेडा मर्न थालेपछि राहत र उपचारका लागि सम्बन्धित निकायलाई जानकारी गरेको तीन दिन भए पनि हालसम्म कसैबाट सहयोग पाउन नसकेको भेडापालक किसान शाहीले गुनासो गरे ।
शाहीका अनुसार चरिचरनका लागि जुम्लाबाट जाजरकोटको छेडागाड नगरपालिका–७ मा रहेको पौँजा भन्ने ठाउँमा भेडा ल्याइएका छन् । “तीन दिनभित्र २५ वटा भेडा मरिसके । बिरामी भेडाको मुखबाट र दिसा पिसाब गर्ने ठाउँबाट रगत निस्कने गरेको छ । बाँकी रहेका भेडालाई बचाउन सरोकारवालासँग हारगुहार गरे पनि सुनुवाइ हुन सकेको छैन । रगत निस्किएको एक घण्टाभित्रै भेडा मर्ने गरेका छन्”, भेडापालक किसान शाहीले भने ।
वडाध्यक्ष शाहीका अनुसार गत आव २०८०÷८१ को जिल्ला पशु सेवा कार्यालय जुम्ला र तिला गाउँपालिकाको संयुक्त कार्यक्रमअन्तर्गत माईथाप्ला भेडा पकेट कार्यक्रमबाट तिला गाउँपालिका–५ का विपन्न घरपरिवारलाई भेडा वितरण गरिएका थिए ।
पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लाका प्रमुख ज्ञानेन्द्रबहादुर बुढ्थापाले जाजरकोट पशु अस्पतालका प्रमुख कपिलप्रसाद उपाध्यायलाई घटनाबारे जानकारी गरिएको बताए ।

किसानलाई रु ३६ करोड ३९ लाखको रासायनिक मल बिक्री
कञ्चनपुरमा ४८ प्रतिशत धान रोपाइँ

यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

बागलुङका पाँच किसान पुरस्कृत

कृषि क्षेत्रमा ‘कनेक्ट किसान’ को एआई–आधारित भ्वाइस एडभाइजरी प्रणाली प्रस्तुत, द…

यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

कृषकलाई अनुदानमा मौरी घार वितरण

प्रतिक्रिया